दिगो विकास ल्क्ष्यकालागि कला “मिथिला सम्पदा” मिथिला संग्रहालयको विश्वव्यापी पहल


दिगो विकास ल्क्ष्यकालागि कला “मिथिला सम्पदा” मिथिला संग्रहालयको विश्वव्यापी पहललाई समर्थन गर्दै विश्व यात्रा प्रारम्भ गरिएको हो ।

२०२५ अप्रिल देखि अमेरिकाको न्यूर्योक शहरबाट सुरु भई विश्वका विभिन्न शहरहरुमा मिथिला कला र संस्कृतिको संरक्षण गर्ने यात्रा मुख्य उद्देश्य रहने संस्थाका कार्यकारी निर्देशक तथा प्रसिद्घ सामाजिक उद्यमी अमितप्रताप शाहले बताउनु भयो ।

कार्यकारी निर्देशक शाहका अनुसार यो ऐतिहासिक पहलले परम्परागत सीप र कलाको माध्यमबाट देशको सामाजिक आर्थिक विकास गर्न गतिशील मञ्च प्रदान हुने दावी गर्नुभएको छ । उहाँले भन्नुभयो “संयुक्त राष्ट्रसंघका विश्वव्यापी १७ दिगो विकासका लक्ष्यहरू ९क्म्न्क० हासिल गर्न सांस्कृतिक सम्पदालाई सुदृढ गर्ने प्रयास स्वरूप बहुप्रतीक्षित “दिगो विकासका लक्ष्यका लागि कलास् मिथिला सम्पदा”विश्व यात्रा कार्यक्रमको औपचारिक शुभारम्भ भएको घोषणा गर्दछौं।” उल्लेख गर्नुभयो ।
त्यसैगरि यस कार्यक्रमका मिडिया तथा मार्केटिङ संयोजक एंव स्मृति मिश्रले यस अभियानले मिथिलाको लोक चित्रकला जस्ले जीवन्त झल्काउँछ, मैथली गित संगित, जस्मा जन्म देखि मृत्यू सम्मको भावमा रहेको लोक गित र नृत्यहरु समावेस गरिने छ बताउनुभयो ।

उहाँले भन्नुभयो “यसले हाम्रो कलाकार तथा कलाको उजागर त हुन्छ नै साथै मिथिला क्षेत्रका कलाकारहरु जस्ले कलाकारहरुलाई रोजगारीको अवसर समेत बढ्ने छ । मिथिला चित्रकार होस् वा कलाकार अवसरको अभावमा पेशा छोड्नु परेको हुन्छ, त्यसैले यस कार्यक्रम मार्फत अवसरको साथसाथै कलाकारहरुको जिवनयापनकालागि रोजगारीको समेत श्रृजन गर्ने जानकारी गराउने छ” बताउनुभयो । कलाको धनि भएर पनि बजारीकरणको अभावमा कलाकारहरुलाई हातमुख जोड्न ग्राहो हुनु अत्यन्तै दर्दनाक विषय हो यसता जटिलताहरुलाई समाधान गर्न प्रख्यात विद्वान, कलाकार र नेताहरुसंग दिगो विकासकालागि छलफल समेत गर्ने धारणा राख्नुभयो ।
अभियानका सल्लाहकार समितिका अध्यक्ष डा.वावुराम ढकालका अनुसार यो ऐतिहासिक पहलले न्यूयोर्क सिटी र विश्वभर मिथिला कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने मिशनकालागि मिथिला संग्रहालयस्थापनालाई महत्वपूर्ण सहयोग पुर्‍याउनेछ।

त्यसैगरि मिथिला कला र संस्कृतिको अद्वितीय विशेषताहरू, हजारौं वर्षदेखि चलिआएका परम्परामा आधारित, मानिसहरूका जीवनका कहानिहरू, सामुदायिक सद्भाव, वातावरणीय सन्तुलन, न्याय र महिला सशक्तिकरणको कथाहरू समेट्छन्।

मिथिला सभ्यता रामायण, उपनिषद् र पुराणजस्ता प्राचीन सामाजिक, दार्शनिक र धार्मिक ग्रन्थहरूमा उल्लेखित छ। यो विश्व यात्रा मिथिला साहित्यिक र कलात्मक कृतिहरूको माध्यमबाट बिभिन्न महादेशहरूमा दर्शकहरूलाई जोड्न, सिर्जनात्मकतालाई प्रोत्साहन गर्न र संयुक्त राष्ट्रसंघका १७ विकासका लक्ष्यहरू हासिल गर्न सामूहिक कार्य गर्न प्रेरित गर्ने उद्देश्य राख्छ ढकालले बताउनुभयो ।
संयूक्त राष्ट्र संघका पूर्व लेखा परिक्षक एंव मिथिला सेन्टर अमेरिकाका अध्यक्ष नवल किशोर यादवका अनुसार यो यात्राले न्युर्योक लगायत विभिन्न ठाँउहरुमा मिथिला संग्रहालय स्थापनामा सहयोग गर्छ ।  कार्यक्रमका मुख्य योजनाहरु मिथिला लोक कला प्रदर्शन, संस्कृतिक प्रस्तुतिहरु, कार्यशाला र छलफल कार्यक्रमहरु तथा बजार सम्पदा यसको मुख्य योजनाहरु रहने उल्लेख गर्नुभयो । मिथिला केन्द्र यू.एस.ए.को तर्फकाट कला प्रेमी, संस्कृतिक उत्साही, दिगो विकासका पक्षधरहरुलाई मिथिलाको समृद्घ सम्पदाको उत्सव मनाउन समेत आग्रह गर्नुभएको छ ।

यादव दिगो विकास च्याम्पियन अर्वाड बाट सम्मानित हुनुभएको छ । उँहाले शिक्षा तथा सामाजिक कुरीतिलाई हटाउन निरन्तर संर्घष गर्दै आइरहेको पनि उल्लेख गर्नुभयो ।
मिथिला केन्द्र यू.एस.ए. ले २०१९ मा मिथिला महोत्सव यू.एसए. को उद्घाटनको अवसरमा आरम्भ गरियो । यसले मिथिला क्षेत्रको सांस्कृतिक सम्पदाको संरक्षणकालागि शैक्षिक कार्यक्रमको प्रदर्शनी, वकालत तथा सामुदायिक कार्यक्रमहरु मार्फत परम्परागत कलालाई प्रवद्र्वन गर्दछ । साथै यसमा अएका चुनौतीहरुको पनि समाधान गर्ने वाचा गर्नुभयो ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button