काठमाण्डुको टोखामा इन्जिनियर दम्पती मृत भेटिए, श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गरेका आशंका


काठमाण्डु – काठमाण्डुको टोखास्थित कोलनीमा बस्दै आएका एक दम्पत्ती मृत भेटिएका छन् ।

ग्राण्डी अस्पताल नजिकै रहेको ग्रिन भिल्ला कोलोनीमा बस्दै आएका श्रीमती सुदिक्षा गिरी र श्रीमान् उमेश केसी मृत अवस्थामा भेटिएका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रवक्ता डीएसपी प्रमेश विष्टका अनुसार शुक्रवार पौने ९ बजे श्रीमान् बेडरुममा मृत र श्रीमती झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

घटनास्थलमा रगतले लतपतिएको सिलौटो भेटिएको छ । अहिले नै घटनाबारे विस्तृत रुपमा खुलिनसकेको प्रवक्ता डीएसपी विष्टले काठमाण्डुपाटीलाई बताए ।

सुर्खेत घर भएका उनीहरुबीच इन्जिनियर भएको बताइएको छ । उनीहरुबीच केही दिनयता विवाद हुँदै आएको समेत बुझिएको छ ।

श्रीमतीले श्रीमान्को हत्या गरि आफूले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button