यदुकूहाको गुरुकुल शिक्षा निकेतन स्कूलका सँचालक यादब हिसानको प्रदेश सचिवमा निर्वाचित


जनकपुरधाम । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को बागमति प्रदेश सचिवमा आनन्द यादव निर्वाचित भएका छन् ।

धनुषाको शहिदनगर नगरपालिकाको यदुकूहास्थित रहेको गुरुकुल शिक्षा निकेतन आवासीय विद्यालयका सँचालक समेत रहेका यादव हिसानको प्रदेश सचिवमा निर्वाचित भएका हुन् । शनिबार सम्पन्न बागमती प्रदेशको प्रथम अधिबेशनबाट यादव प्रदेश सचिबमा निर्बाचित भएका हुन् ।

सचिवमा निर्वाचित भएपछि यादवले हिसान केन्द्रिय कमिटीसहित सम्पूर्ण बागमती प्रदेशका हिसान प्रतिनिधिहरुमा आभार प्रकट गरेका छन् ।

यदुकूहास्थित सँचालनमा रहेको गुरुकुल शिक्षा निकेतन आवासीय विद्यालयका सँचालक समेत रहेका यादवलाई विभिन्न माध्यमबाट उनका शुभचिन्तकहरुले बधाई दिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button