राष्ट्रिय भारोत्तोलन प्रतियोगिता भक्तपुरमा सुरू, महिला र पुरुष तर्फका सबै प्रतिस्पर्धा हुँदै
![](https://natrajtimes.com/wp-content/uploads/2022/01/Screenshot_2022-01-12-09-34-33-70_a23b203fd3aafc6dcb84e438dda678b6-780x470.jpg)
भक्तपुर । भक्तपुरको मध्यपुर थिमीमा आज (पुष २७ गते)बाट तीन दिने भारोत्तोलन प्रतियोगिता सुरू भएको छ । प्रतियाेगिता अन्तरगत २४औं पुरुष तथा ९औं महिला राष्टिय प्रतियाेगिता हुनेछ ।
नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ (बोस)ले आजबाट शुरु भएको भारोत्तोलन प्रतियोगितामा युथ, जुनियर र सिनियर गरी पूरै विधामा ६ वटा इभेन्टको एकैचोटि प्रतिस्पर्धा हुने बताए । प्रतियोगिता मध्यपुरको नयाँ थिमीस्थित थिमी बैंक्वेटको हलमा बिहान १० बजेदेखि सुरू भएकाे हाे ।
तीनदिने प्रतियोगितामा पुरुष जुनियर तथा सिनियर ५५, ६१, ६७, ७३, ८१, ८९, ९६, १०२, १०९ केजी र युथ पुरुषतर्फ ४९, ५५, ६१, ७३, ८१, ८९, ९३, १०२ र १०२ केजी वजन समूह सामेल छन् ।
त्यसैगरी पुरुष जुनियर तथा सिनियर ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७, र ८७ माथि र युथ महिलातर्फ ४०, ४५, ४९, ५५, ५९, ६४, ७१, ८१, ८१ माथि वजन समूह सामेल हुने अध्यक्ष राम श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा अहिलेसम्म सहभागी टिमहरु झापा, उदयपुर, मोरङ, सप्तरी, सिरहा, महोत्तरी, धनुषा, बारा, पर्सा, चितवन, कास्की, सुर्खेत, बाँके,बर्दिया, कैलाली, कन्चनपुर, भक्तपुर, ललितपुर, काठमाण्डौ गरी २३ जिल्ला सहभागी रहेकाे पनि उनले जानकारी दिए ।
त्यस्तै प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेना पनि सामेल हुनेछ । ३० स्वर्ण, ३० रजत ३० काश्य गरी जम्मा ९० थान मेडलहरु प्रदान गरिने प्रतियाेगितामा सहभागी सम्पूर्णलाई खान-बस्न र आउने-जाने खर्च समेत आयोजकले नै ब्यहोर्ने बताइएको छ ।
प्रतियोगिता सञ्चालनका लागि अनुमानित खर्च एकाउन्न लाख लाग्ने आयोजक अनुमान छ ।