नेपाली राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्रीको बधाई


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले क्यानडाविरुद्ध जित निकाल्दै ‘टि२० विश्वकप ग्लोबल छनोट’को सेमिफाइनल प्रवेश गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले मंगलबार हुने सेमिफाइनलमा पनि विजयी हुँदै नेपाललाई विश्वकपमा छनोट गराउन सफल हुनुहुनेछ भन्ने सुभेच्छा प्रकट गर्नुभएको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल अन्तिम चारमा पुगेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button