विभिन्न चार पालिकाहरूका सामुदायिक विद्यालयमा गठन भएका बाल क्लब


स्मृति कुमारी मिश्र

जनकपुर । आसमान नेपालको निक शिक्षा दिय परियोजना सञ्चालन भएपछि विभिन्न धनुषाका विभिन्न चार पालिकाहरूका सामुदायिक विद्यालयमा गठन भएका बाल क्लबहरूले विद्यालयको पठनपाठनलाई गुणस्तरीय बनाउन विभिन्न किसिमका सकारात्मक र सार्थक प्रयासहरू थालेका छन् ।
सामाजिक भावनाको विकास गरौं र समाजसेवामा संलग्न रहौं भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै बाल क्लबका सदस्यहरूले बालबालिकाहरूको विद्यालयमा शतप्रतिशत भर्ना, नियमितता र पूर्ण अनुशासनमा राख्न पहल गर्ने गर्दछन् । जसमा अधिकांश बाल क्लबहरू सफल भएका छन् ।
बाल क्लबहरूले प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलापको आयोजना गर्नुका साथै विभिन्न समस्यामा परेका भाइबहिनीहरूलाई सहयोग गरी समस्या समाधान गर्ने गर्दछन् । बाल क्लबकै प्रयासले विद्यालयहरूमा छात्रछात्राहहरू टिफिनमा घर जाने बानीमा बिराम लागेको छ ।
अध्ययनअध्यापनमा बाधाअड्चन हटाउन बालक्लबहरूले विद्यालय समयमा शिक्षक बालबालिकाले मोबाइल फोन प्रयोग गर्न बन्देज लगाएको छ । समुदायमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी अभिभवाकलाई सचेत बनाउन सफल भएका बाल क्लबहरूले शैक्षिक उपलब्धि बढाउन सरोकारवालासमक्ष अनुगमनको प्रस्ताव गर्नुका साथै शैक्षिक सामग्रीको माग गर्ने गर्दछन् ।
विद्यालयका बालबालिकाहरूका लागि भिटामिन, आइरन चक्की, जुका औषधि माग गरी बालबालिकालाई वितरण गर्दैआएका यी कल्बहरूले लिजर घन्टीलाई सदुपयोग गर्न वैकल्पिक शिक्षकको मागसमेत गर्दछन् । आफूहरूमा वक्तृत्व क्षमता अभिवृद्धि गरी बाल क्लबहरूका सदस्यले लकडाउनका बेला एकजनाले पाँचजनालाई पढाउने अभ्याससमेत गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button