एमाले नेता यादवको कोरोनाबाट निधन


जनकपुरधाम : कोरोना संक्रमणबाट नेकपा एमाले धनुषाका नेता योगनारायण यादवको निधन भएको छ।

एमालेका केन्द्रीय सदस्य तथा पूर्वसांसद यादवको उपचारको क्रममा काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा बिहीबार बिहान निधन भएको एमाले धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए।

धनुषाको सबैला नगरपालिका १ मुसहरी टोल निवासी ५२ वर्षीय नेता यादव १४ दिनअघि कोरोना संक्रमित भएका थिए। पछिल्लो समय मिर्गौला रोगबाट समेत पीडित नेता यादवलाई संक्रमण पुष्टि भएपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।

मेडिसिटी अस्पतालमा डायलासिस गराउने गरेका यादवको मिर्गौला प्रत्यारोपणको तयारीसमेत गरिएको थियो।२०४६ सालदेखि राजनीतिमा सक्रिय रहेका यादव प्रधानमन्त्री ओलीका विश्वास पात्र थिए।

यादवको शवलाई काठमाडौंमै दाहसंस्कार गरिने जनाइएको छ। उनी पहिलो संविधानसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर ६ बाट विजयी भएका थिए। संविधानसभाको दोस्रो निर्वाचनमा भने यादव पराजित भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button