सामुदायिक विद्यालयमा भर्ना हुनेमा बालकभन्दा बालिकाको सँख्या अत्यधिक


जनकपुर ।
सामुदायिक विद्यालयमा भर्ना हुनेमा बालकभन्दा बालिकाको सँख्या अत्यधिक हुन्छ तर कक्षोन्नति हुँदै जाँदा बालिकाको सँख्यामा कमी आउँछ । किन ? धनुषाको नगराइन नगरपालिकाका मेयर रामविनय यादवले भन्नुभयो, ‘छोरालाई निजी वा राम्रो विद्यालयमा पढाउने र छोरीलाई घर वरपरकै सामुदायिक विद्यालयमा भर्ना गर्ने तथा छोरीचेली कुनै दिन अर्काको घर जाने नै भन्ने अभिभावकको मनोविज्ञान दुवैथोकका कारण हुन् ।


प्रायःजसो विद्यालयका भर्नादरसम्बन्धी तथ्यांकमा सेवाक्षेत्रका कुल बालबालिकामध्ये सामुदायिक विद्यालयमा नामांकन गराउनेमा बालिका बढी छन् । तर, कक्षामा बढोत्तरी हुँदै जाँदा विद्यालयमा अनियमित हुनेमा पनि बालिकाकै सँख्या उल्लेख्य हुन्छ । योजनाविद् डा.भोगेन्द्र झाको बुझाइ छ, ‘निजी विद्यालयहरू बग्रेल्ती खुल्दै जाँदा हुनेखाने र जेनतेन भए पनि रकम जोहो गर्नेहरूका लागि सामुदायिक विद्यालयप्रति आकर्षण रहेन । सामुदायिक विद्यालय आर्थिक रूपमा कमजोर र सीमान्तकृत जातजातिका बालबालिकाहरू पढ्ने थलो मात्र बने ।’


सामान्यता बनिबुतो गरेरै भए पनि जीविकोपार्जन गर्ने दलित समुदायमा समेत बालकलाई निजी विद्यालयमा पढाउने र बालिकालाई सामुदायिक विद्यालयमा नामांकन गराउने अभ्यास रहँदैआएको छ । पठनपाठनको भाषिक माध्यम र सिकाइ उपलब्धिजस्ता गुणस्तरका मापदण्डहरूमा सामुदायिक विद्यालय खरो नउत्र्ने बुझाइ भएका अभिभावकहरूले छोरीलाई सामुदायिक विद्यालयमा नै पठाउने गर्छन् ।


विद्यालय भर्ना अभियानका क्रममा सरोकारवालाहरूले परामर्श दिँदा समेत दलितलगायत पिछडिएका समुदायका अभिभावकहरू छोराछोरीलाई पूर्ण समय र्आपचारिक दिवा स्कुल भर्ना गराउन मान्दैनन् । छोराछोरीले घरखेतका काममा सघाउने भनी उनीहरूले बालबालिकालाई आर्थिक कारण भन्दै स्कुल नपठाउने ढिपी गर्छन् । तर, पछिल्ला समय स्थानीय तह, सामुदायिक संस्था तथा समूह, गैरसरकारी संस्था आदिहरूले भर्ना अभियानलाई सशक्त ढंगले तीव्रता दिन थालेपछि सामुदायिक विद्यालय आउने बालबालिकाको सँख्या बढेको छ । ‘त्यसमा बालिकाको सँख्या बढी हुनु भनेको छोरालाई निजीमा र छोरालाई सामुदायिकमा पढाउने अभिभावकको सोच नै हो,’ नगराइन नगरपालिकाका राजनीतिकर्मी सञ्जयकुमार लाभको भनाइ छ ।
नगराइनलगायत धनुषाका चारवटा पालिकामा निक शिक्षा दिय कार्यक्रम सञ्चालन गरिरहेको आसमान नेपालले जारी गरेको २०७८ को एक तथ्यांकमा नगराइनका नौवटा वडाका विद्यालय भर्ना हुने उमेरका सात सय ९६ बालबालिकामध्ये चार सय ४१ केटी र तीन सय ५५ केटा छन् । जसमा विद्यालय भर्ना हुने बालबालिकाको सँख्या चार सय ९१ छ । तीमध्ये केटीको सँख्या दुई सय ६८ र केटाको सँख्या दुई सय ३३ रहेको छ ।

विद्यालय भर्ना नभएका केटाकेटीको सँख्या दुई सय ९५ छ । जसमध्ये केटीको सँख्या एक सय ६३ र केटाको सँख्या एक सय ३२ छ ।
२०७९ को तथ्यांकमा समेत स्कुल जान लगेकामा केटाभन्दा केटीको सँख्या बढी देखिन्छ । यस वर्ष विद्यालय भर्ना भएका कुल एक सय तीन बालबालिकामध्ये ७० जना केटी छन् भने ३३ जना केटा छन् ।


सामाजिक र लैंगिक विभेदका कारण सामुदायिक विद्यालयमा भर्ना हुनेमा केटीको सँख्या बढी रहेकाले सबै बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच बनाउन सामुदायिक विद्यालयको सुधार आवश्यक रहेको जनप्रतिनिधिहरूको कथन छ ।
नगराइन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले सामुदायिक विद्यालयका भौतिक संरचना र जनशक्ति निजीको तुलनामा अब्बल भए पनि अभिभावकमा यी विद्यालयप्रति अविश्वास हुनुका कारण औंल्याउनुपर्ने बताउनुभयो

उहाँले पछिल्ला दिनमा पोसाक, दिवा खाजा, कितापकापीजस्ता शैक्षिक सामग्रीलगायत उपलब्ध गराउन थालिएपछि सामुदायिक विद्यालयप्रति आकर्षण बढेको दाबी गर्दै छोराछोरी दुवै पढाउने शैक्षिक संस्थाका रूपमा सामुदायिक विद्यालयलाई सबल बनाउन पठनपाठनको गुणस्तर बढाइने उल्लेख गर्नुभयो ।

६ वर्ष भन्दा अगाडी जनजाती जम्म ३७ वटा विद्यार्थी अहिले २५५ वटा छन् । २०७५ मा पहिलो पुस्ताका १८ वटा थियो तर २०७९ मा ५ वटा बालबालिका पहिलो पुस्ताका छन् । अनियमित भएका बालबालिकाहरु नियमित पनि भएका छन् । अभिभावकहरुको रोजाई सामुदायक विद्यालय रहेको छ ।
सम्स्या बढी उमेरका बालबालिका विद्यालय आउनै चाहदैन्न् ।
आमा समुह २५ जना र २५ जना छात्रा संजालमा छन् ।
वार्ड नं.२ र ३ मा ३ वटा विद्यालय क्षेत्र मा जम्मा घरधुरी संख्या १२०५ रहेका छन् जस मध्ये ६६५ जनजनती मा २७० दिवस लिपमा १६०

ल्क्षमिनीया गाउँपालीमा १८ वटा सामुदायीक विद्यालय रहेको छ र त्यस मध्धे विद्यालय उमेरका सबै बालबालिका विद्यालय पुगेका छन् । त्यो भन्दा बढि १३ १४ वर्ष उम्मेर समुहका १०५ वटा बालबालिका स्कुल भन्दा बाहिर छन् ।
विद्यालयका प्र.अ र शिक्षहरु सँग मात्रै सम्न्वय गरेर बठक बसाउने र सम्स्या के छ त्यसमा पहल गरेर पहल गर्ने कार्यहरु गयौं ।
भर्ना अभियानमा पनि हामीले समन्वय गरेका थियौं ।

कसरी हामी सक्षम हुन सक्छौं । त्यहीबाट नै हामी रातो र हरियो चिन्ह लगाउने अभियान सुरुवात गर्यौ । जस्को बालबालिका विद्यालयमा छ भने हरियो को सहि चिन्ह र छैन भने रातो को क्रस चिन्ह घर बाहिर भित्तामा लगाउने अभिआन सुरु गर्यौ ।
अतिरिक्त क्रियाकलाप गराएर प्रथम, दोस्रो र तेस्रोलाई किताब , कलम तथा पढाइका अन्य समाग्रीहरु उपहार स्वरुप दिएका छौं ।
शिक्षाक


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button