मेयरको पदको लागि आफु सक्षम रहेको डा.सज्जन ठाकुरको दावी


जनकपुरधाम ।बैशाख ३० गत्ते हुन लागेको स्थानिय तहको निर्वाचन सम्बन्धी चर्चाले सामाजिक सञ्जाल तातिएको छ ।

सामाजिक संजालमा महोत्तरीको जलेश्वर नगरपालिकाका मेयरका प्रत्यासीहरुको नाम थुप्रै आएपनि युवामध्येका एक चर्चित चिकित्सक डाक्टर सज्जन ठाकुरको नाम निकै नै चर्चामा रहेको छ ।

नगरप्रमुखको दाबेदार सम्बन्धी चर्चामा मधेश प्रदेश स्थित महोत्तरी जिल्लाका स्थायी वासिन्दा युवा, चर्चित चिकित्सक डा.सज्जन ठाकुरको मेयर पदको लागि उम्मेदवारी दिने चर्चाको विषय बनेको छ ।

उनी नेपाली काँग्रेसको १४औं महाधिवेशनबाट प्रदेश प्रतिनिधिमा चयन भएका हुन् । डा.ठाकुर महोत्तरीको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ (क) का लागि प्रदेश प्रतिनिधि पदमा चयन भएका हुन् । डाक्टर ठाकुर २४ जना स्वतन्त्र उम्मेदवार मध्ये सर्वाधिक मत ल्याउन सफल भएका थिए ।

पार्टी भित्रका गुट–उपगुट भन्दा पृथक पहिचान सहित नेपाली काँग्रेसलाई मूल्य, मान्यता, आदर्श र निष्ठाको राजनीतिक वाहक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्य सहित आफुले काम गर्ने डाक्टर ठाकुरले बताए । उनले आफूले आफ्नो चिकित्सकीय पेशाका साथै राजनीतिक यात्रालाई पनि सँगसँगै अगाडि बढाउने समेत बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button