प्रचण्ड-माधव समूहले बोलायो संसदीय दलको बैठक


सर्वोच्च अदालतको फैसलापछि नेकपा प्रचण्ड-माधव समूहले संसदीय दलको बैठक बोलाएको छ। आज ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रचण्ड-माधव समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ। सो समूहले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button