Trending

काँग्रेस पनि प्रदेश २ सरकारमा, नयाँ मन्त्रीहरु आज रातीसम्म नै सपथ ग्रहणको तयारी

मन्त्रीहरुको आज रातीसम्म नै सपथ ग्रहणको तयारी मुख्यमन्त्री कार्यालयले गरिरहेको छ ।


जनकपुरधाम । प्रदेश २ सरकारमा तिन मन्त्रालय सहित कांग्रेस समावेश भएका छन् । संसदिय दलका नेता रामसरोज यादवको नेतृत्वमा तिन मन्त्रालय सहित कांग्रेस सरकारमा सामेल हुन तयार भएको छ ।

रामसरोज यादव प्रदेश नम्बर २ को भौतीक पुर्वाधार तथा यातायात मन्त्रालय रोजेको बुझिएको छ । त्यस बाहेक कांग्रेसले थप दुई मन्त्रालयमा उर्जा तथा खानेपानी र महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालय पाएका छन् ।

तत्काल राज्य मन्त्री नियुक्त नहुने र सरकारमा गएपछि छलफलका आधारमा निर्णय हुने बताइएको छ । तिन मन्त्रालय सहित सरकारमा जान राजी भएको कांग्रेस बाँकी दुई मन्त्रीको निश्कर्ष लगाउन छलफलमा जुटेको हो ।

माओबादी संग अझै छलफल जारी रहेको बुझिएको छ । उनले एक मन्त्रालय पाउने निश्चित भएपनि मन्त्रालय रोजाईमा कुरा मिल्न नसकेको स्रोतले जनाएको छ ।

मन्त्रीहरुको आज रातीसम्म नै सपथ ग्रहणको तयारी मुख्यमन्त्री कार्यालयले गरिरहेको छ । भरत साहको नेतृत्वमा माओबादी समेत सरकारमा जान छलफलमा छन ।

माओवादीको तर्फबाट मन्त्रालय तय भएपछि नव नियुक्त हुने सबै मन्त्रालयका मन्त्रीहरुले आजै रातीसम्म किरिया खाने बुझिएको छ । माओवादीसँगको छलफल अझै जारी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button