१० वर्षदेखि निर्माणाधीन पुल संचालन नहुँदै भासियो

जनकपुरधाम : धनुषा – सिरहा जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको कमला नदीको पुल उद्घाटन नहुँदै भासिएको छ ।

नदीमा आएको शक्तिशाली बहाव कारण १० वर्षदेखि निर्माणाधीन पुल भासिएको हो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार निर्माणाधीन उक्त पुन दुई फिट तल भासिएको छ ।