शहिदनगर नगरपालिकाको वडा वडामा बिस्तारिदै वाइसिएल


धनुषाको शहिदनगर नगरपालिकाको वडा न.२ चोराकोयलपुरमा नेकपा माओवादी केन्द्रको युवा सँगठन वाईसिएल (योङ्ग कम्युनिस्ट लीग) को वडा कमिटि गठन गरिएको छ ।

बिहिवार बसेको वडा भेला र बैठकबाट युवा नेता काशिन्द्र भिनवार यादवको अध्यक्षतामा ८५ सदस्यीय वडा कमिटि गठन गरिएको हो ।

वाइसिएल नगर अध्यक्ष मनोज मण्डलको अध्यक्षता तथा शहिदनगर नगरपालिकाका नगर प्रमुख एवम् नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य उदय कुमार बरबरिया (यादव) को प्रमुख आतिथ्यमा बसेको बैठकबाट वडा स्तरीय वाईसिएल कमिटि गठन गरिएको हो ।

भिनवारको अध्यक्षतामा गठन भएको वडा कमिटिमा सुरेन्द्र (बब्लु) यादव (उपाध्यक्ष), ईन्द्रजित पासवान (उपाध्यक्ष), मनिष भिनबार (कोषाध्यक्ष), रोशन यादव (सचिव ), बिनोद यादव (सह–सचिव) सहित ८५ सदस्सीय वडा कमिटी गठन गरिएको नगरप्रमुख बरबरियाले बताए ।

सो कार्यक्रममा योङ्ग कम्युनिस्ट लीग प्रदेश कमिटी सदस्य रामकिशोर पासवान, रुपेश बिराजि अतिथि वडा न.२ का वडा अध्यक्ष जैसिलान भिनबार, नगर सचिव रामकुमार यादव लगायतको नेता तथा कार्यकर्ता समेतको सहभागीता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button