महेन्द्र र योगेन्द्रबाट टिका लगाएर कांग्रेसबाट निर्वाचित वडा सदस्य सहित सयौंजना जसपामा गरे प्रवेस


ओम प्रकाश यादव माघ २९ गते, रौतहट । रौतहटमा आज ठुलो संख्यामा नेपाली कांग्रेस परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेस गरेका छन ।

नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित एक जना वडा सदस्य सहित सयौंजना नेता कार्यकर्ता आज जनता समाजवादी पार्टीमा प्रवेस गरेका छन ।

रौतहटको सदरमुकाम गौरमा आज आयोजित जनता समाजवादी पार्टीको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा जिल्लाको गढिमाई नगरपालिका ६ पकहा धर्मपुर घर भएका नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित वडा सदस्य महेन्द्र यादव सहितका व्यक्ति जनता समाजवादी पार्टीमा प्रवेस गरेका छन ।

कांग्रेसबाट गत स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित एवं विगतमा कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिसकेका महेन्द्र यादवको नेतृत्वमा सयौं जना कांग्रेस परित्याग गरेर जनता समाजवादी पार्टीमा प्रवेस गरेका छन । निर्वाचित वडा सदस्य नै जसपामा प्रवेस गरेपछि यहाँ कांग्रेसलाई ठुलो झटका लागेको छ ।

कांग्रेसबाट देशको विकास असम्भव रहेकोले आफु जनता समाजवादी पार्टीमा प्रवेस गरेको नवप्रवेसीहरुरुले बताएका छन ।

जनता समाजवादी देशको बैकल्पिक शक्तिको रुपमा उदय भएको र आउँदा दिनमा जसपा नै देशको नेतृत्व गर्ने भएकोले आफु जसपामा प्रवेस गरेको कांग्रेस परित्याग गरेका वडा सदस्य महेन्द्र यादवले बताएका छन ।

नरवप्रवेसीहरुलाई जनता समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य एवं पुर्व मन्त्री महेन्द्र यादवले पार्टी प्रवेस गराएका छन ।

जसपाका केन्द्रिय नेता महेन्द्र यादवले एक कार्यक्रमका बीच नवप्रवेसीहरुलाई टिका र माला लगाएर पार्टीमा स्वागत गरेका छन ।

कार्यक्रममा उपस्थित जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य, समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष एवं प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले पनि नवप्रवेसीलाई टिका र माला लगाएर जनता समाजवादी पार्टीमा स्वागत गरेका हुन ।रौतहट क्षेत्र नं १ को ख बाट प्रदेश सभा सदस्यमा निर्वाचित प्रदेश सांसद समेत रहेका कृषि राज्य मन्त्री योगेन्द्र यादवकैै विशेष पहलमा उनिहरुले कांग्रेस छोडेर जसपामा प्रवेस गरेका हुन ।

कार्यक्रममा प्रदेश २ का विकास समितिका सभापति एवं प्रदेश सांसद शेख फुलबाबु, प्रदेश सांसद बाबुलाल साह, किशोरी यादव, जसपाका रौतहट जिल्ला अध्यक्ष तथा देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल, जिल्ला इन्चार्ज वृज किशोर यादव, माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादव, नेता राम प्रवेस दास, श्याम विहारी यादव लगाएतका विभिन्न नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button