मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री साथै सात मन्त्रीले आजै शपथग्रहण लिने।


मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री शतीसकुमार सिंहको शपथ आजै हुने तय भएको छ ।

मधेश भवन स्थित कवर्ड हलमा नवनियुक्त मुख्यमन्त्रीको शपथग्रहण समारोह राखिएको हो । नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनेछन् । साथै सात मन्त्रीले पनि आजै शपथग्रहण लिने बुझिएको छ ।

केहिबेर अगाडी मात्रै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले ५५ सांसदको हस्ताक्षरसहित जनमतका सिंहलाई मुख्यमत्री नियुक्त गर्न दावी पेश गरेको थियो ।

सरकार बनाउन लागेका दलहरुबीच मन्त्रालय बाँडफाँटको टुंगो लागिसकेको छ । दलहरुले मन्त्रीको टुंगो पनि लगाइसकेको र नियुक्तिका लागि प्रदेश प्रमुख कार्यालय पठाउन लागेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button