मुख्य मन्त्री राउतद्धारा रौतहटमा एक पोखरी सौन्दर्यकरणको शिलान्यास


मुख्य मन्त्री राउतद्धारा रौतहटमा एक पोखरी सौन्दर्यकरणको शिलान्यास, केन्द्र सरकारले प्रदेश सरकारलाई कमजोर बनाउने सडयन्त्रमा लागेको मुख्यमन्त्री राउतको आरोप ।  

ओम प्रकाश यादव रौतहट, मंसिर २३ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्र रहेका एतिहासिक धरोहर, मठ मन्दिर, पोखरी लगाएत महत्वपुर्ण ठाउँहरुलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने बताएका छन । प्रदेश भित्र रहेका सम्पुर्ण एतिहासिक धरोहर, मठ मन्दिर, ताल तलैया, पोखरी आदिलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना प्रदेश सरकारले लिएको र त्यो योजना अनुरुप सरकारले काम पनि अगाडि बढाइसकेको मुख्यमन्त्री राउतले बताएका छन । रौतहटको गढिमाई नगरपालिका ८ विरनगरामा आज विनगरा गजेन्द्र पोखरीको सौन्र्यकरणको लागि शिलान्यास गर्दै मुख्य मन्त्री राउतले यस्तो बताएका हुन । म्ुाख्य मन्त्री राउतले प्रदेश भित्रका सम्पुर्ण एतिहासिक तथा महत्वपुर्ण ठाउँहरुलाई सुन्दर बनाउने र पर्यटकीय स्थलको रुपमा विकास गर्नको लागि नै आफुले मुख्यमन्त्री स्वच्छता अभियान सञ्चालन गरेको बताउनुभएको छ ।

 प्रदेश २ लाई विकसित र समृद्ध बनाउने योजनाका साथ आफुले धार्मिक तथा एतिहासिक ठाउँहरुलाई पर्यटनको रुपमा विकास गर्ने कार्यमा जोड दिएको उहाँले बताउनुभयो । समृद्धिको तिन आधार कृषि, उद्योग र पर्यटनलाई मजबुत नबनाएसम्म समृद्धि असम्भव रहेकोले आफुलाई यहाँका धार्मिक तथा साँस्कृतिक धरोहरहरुलाई संरक्षण एवं प्रवद्र्धनमा जोड दिएको मुख्यमन्त्री राउतले बताउनुभयो । प्रदेश भित्र रहेका सम्पुर्ण मूर्त, अमूर्त साँसकृतिक सम्पदाहरुको संरक्षण र विकास गरी तिनको आर्थिक उपयोग गर्ने तथा पर्यटनलाई आर्थिक आधारको रुपमा ग्रामिण तहसम्म विकास गर्ने आजको आवश्यक्ता रहेको कुरामा उहाँले जोड दिनुभयो । यहाँका धार्मिक, एतिहासिक तथा साँस्कृतिक सम्पदाहरुलाई पर्यटकीय स्थलको रुपमा विकास गरी बढीभन्दा बढी पर्यटन प्रदेशमा भित्रयाएर प्रदेशलाई आर्थिक रुपमा सवल र मजबुत बनाउने योजना प्रदेश सरकारले लिएको समेत उहाँले बताउनुभयो ।एक अर्को प्रसंगमा मुख्य मन्त्री राउतले केन्द्र सरकारले प्रदेश २ सरकारलाई कमजोर बनाउने सडयन्त्रमा लागेको आरोप लगाउनुभएको छ । संविधानले दिएको अधिकार समेत केन्द्र सरकारले कटौती गरी प्रदेश सरकारलाई अधिकार विहिन बनाएको उहाँले बताउनुभयो । संविधानले प्रत्येक प्रदेशलाई आफनो शासन प्रशासन र कर्मचारी राख्न पाउने अधिकार दिएको छ सोही अधिकार बमोजिम प्रदेश सरकारले आफनै प्रहरी नियुक्त गर्न प्रहरी एन ल्याए पनि केन्द्र सरकारले हस्तक्षेप गर्दै प्रदेश सरकारलाई आफनै प्रहरी र कर्मचारी राख्नबाट बञ्चित गरेर राखेको उहाँले बताउनुभयो ।केन्द्र सरकारले प्रदेश सरकारलाई कमजोर बनाउन जति सडयन्त्र गरेपनि आफुले त्यसलाई कुनैपनि हालतमा सफल हुन नदिने मुख्य मन्त्री राउतले चेतावनि दिनुभएको छ । प्रदेश सरकारले प्रहरी एन ल्याइसकेको र अबको एक महिना भित्रमा आफनै प्रहरी भर्नाको लागि दरखास्त आहवान गर्ने तथा आफनै कर्मचारी समेत नियुक्त गरी संविधानले दिएको अधिकार प्रयोग गरेरै छाडने मुख्यमन्त्री राउतले प्रतिवद्धता समेत जनाउनुभएको छ । प्रदेश २ को मुख्य मन्त्री स्वच्छता अभियान अन्तर्गत जिल्लाको गढिमाई नगरपालिका ८ रिनगरामा आज करोडौको लागतमा पोखरीको सौन्दर्यकरणको लागि शिलान्यास गरिएको छ । 

मुख्य मन्त्री तथा मन्त्रिपरिषद कार्यालय र भौतिक पुर्वाधार विकास मन्त्रालयको कुल ६ करोड ३० लाख भन्दा बढीको लागतमा निर्माण हुने उक्त पोखरी सौन्दर्यकरणको आज एक कार्यक्रमकाबीच मुख्य मन्त्री लालबाबु राउतले उदघाटन गरेका हुन । मुख्यमन्त्री राउत, पुर्व मन्त्री एवं जनता समाजवादी पार्टीका निर्वाचन विभाग प्रमुख तथा संघिय सांसद अनिल कुमार झा र प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले तिनै जना संयुक्त रुपमै उक्त पोखरी सौन्दर्यकरणको शिलान्यास गरेका हुन । पोखरी सौन्दर्यकरण अन्तर्गत उक्त पोखरीको छेउछाउमा चारैतिर बाटो हुने छ भने पोखरीको विच भागमा सुर्य भगवानको मन्दिर निर्माण, छठ घाट, चिल्ड्रेन पार्क, रेस्ट रुम, मनोरजंन स्थल लगाएत विभिन्न पुर्वाधार निर्माणको काम हुने छ । उक्त पोखरी सौन्दर्यकरणको लागि कृषि राज्य मन्त्री योगेन्द्र यादवले निकै महवपुर्ण भूमिका खेलेका थिए । राज्य मन्त्री यादवको अथक प्रयासपछि मुख्य मन्त्री राउतले विनगरामा उक्त पोखरी सौन्दर्यकरणको लागि योजना उपलब्ध गराउनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पुर्वमन्त्री एवं संघिय सांसद अनिल कुमार झाले केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार दिनबाट बञ्चित गरेर राखेको आरोप लगाएका छन । केन्द्र सरकारले प्रदेश सरकारलाई सधै उपेक्षा गर्दै आएको र अधिकारबाट कुण्ठित गरेको सांसद झाले बताउनुभएको छ । सोही कार्यक्रमलाई सम्बोधन गर्दै कृषि राज्य मन्त्री योगेन्द्र यादवले पोखरी सौन्दर्यकरणले विनगरा आसपास क्षेत्रमा कायापल्ट हुने दावी गरेका छन । विनगरामा साढे ६ करोडको लागतमा निर्माण हुन लागेको पोखरी सौन्दर्यकरणले सो आसपास क्षेत्रमा पर्यटन पुर्वाधारमा ठुलो टेवा पुरयाउने उनले बताए । आफुले सो योजना ल्याउन मुख्यमन्त्री राउतसमक्ष निकै पहल र ताकेता गरेको सोही ताकेताको मध्य नजर गर्दै मुख्यमन्त्री राउतले सो योजना उपलब्ध गराएकोमा मुख्यमन्त्री राउतलाई धन्यवाद दिएका थिए । राज्य मन्त्री यादवले रौतहट क्षेत्र नं १ को ख मा आफनो पहलमा ठाउँ ठाउँमा चाडै सार्वजनिक शौचालय पनि निर्माण हुन लागेको बताएका थिए । गढिमाई नगरपालिकाको आयोजनामा भएको शिलान्यास कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य रेवन्त झा, कन्थमनी प्रसाद जयसवाल, गढिमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादव, माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र प्रसाद यादव, गरुडा नगरप्रमुख इनु राय यादव, जसपा नेता वृज किशोर यादव, सिडियो इन्द्रदेव यादव, एसपी शिद्धि विक्रम साह, इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी रवि रावल, विभिन्न पार्टीका नेता, कार्यकर्ता, भद्रभलादमी लगाएत ठुलो संख्यामा स्थानीयहरुको सहभागिता रहेको थियो ।

ReplyForward

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button