हृदयघात भएपछि भारतीय काेरियाेग्राफर रेमाे डिसुजा अस्पताल भर्ना


चर्चित भारतीय नृत्य निर्देशक​ (काेरियाग्राफर) रेमाे डिसुजालाई हृदयघात भएकाे छ । अहिले उनकाे काेकिलाबेन धीरूभाई अस्पतालकाे आईसीयूमा उपचार भइरहेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

रेमाेकी पत्नी लिज डिसुजा पनि अहिले अस्पतालमै रहेकाे बताइएकाे छ । अहिले उनकाे एन्जियाेग्राफी गरिएकाे सञ्चारमाध्यमले जनाएका छन् । ​

रेमाे डिजुजा निकै सानदार काेरियाेग्राफरकाे रूपमा चिनिन्छन्, उनले कैयाैँ हिन्दी फ्लिममा काेरियाेग्राफी गरेका छन् । एक ब्याकग्राउण्ड डान्सरबाट करियर सुरु गरेका उनले काेरियाेग्राफर हुँदै निर्देशकसम्म बन्न सफल भए । 

​अहिले उनका समर्थक र बलिवुड कलाकारहरूले उनकाे स्वास्थ्य लाभकाे कामना गरिरहेका छन् ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button