बाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा अविश्वास दर्ता


९ माघ, काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आज प्रदेशसभामा औपचारिक रुपमा अविश्वास प्रस्ताव दर्ता भएको छ । प्रदेशसभाका निवर्तमान मन्त्री अरुण नेपालले आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव टेबुल गरेका हुन् ।

प्रधानमन्त्री केपी ओलीले पुुस ५ गते हठात् प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजनको अवस्थामा पुुगेको छ । विभाजित पार्टीको प्रचण्ड–माधव समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश गरेको हो ।

अब प्रकृया सुरु भयो, दुुई हप्तापछि मतदान हुने छ–प्रदेश सांसद लक्ष्मणप्रसाद लम्सालले भने । मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित हुन प्रचण्ड–माधव पक्षको शक्ति पर्याप्त छैन ।

नेपाली कांग्रेसले जसलाई सहयोग गर्छ, उसैको पक्षमा बहुमत जुट्ने अवस्था छ । कांग्रेस भने अझै प्रष्ट हुन सकिरहेको छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button