काँग्रेस महाधिवेशन : दोस्रो चरणको मतदान अन्तिम चरणमा
काठमाडौं- सत्तारुढ दल नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मंगलबार जारी सभापतिमा दोस्रो चरणको मतदान प्रक्रियामा अहिलेसम्म चार हजार मत खसेको छ ।
केन्द्रीय निर्वाचन समितिका सचिव एवम् अधिवक्ता केशव रिजालले हालसम्म करिब चार हजारको हाराहारीमा मत खसेको जानकारी दिनुभयो ।
‘अब ५, ६ सयको मतदान हुन बाँकी छ । हामी समयमै मतदान प्रक्रिया सक्छौं’, रिजालले भन्नुभयो ।
काँग्रेसको दोस्रो चरणमा सभापतिका लागि पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भएको हो ।पहिलो चरणमा सभापति पदमा उम्मेदवारी दिनुभएका प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङले प्रधानमन्त्री देउवालाई नै समर्थन गर्नुभएको छ ।।