माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, बैशाख ६ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज बस्ने भएको छ।

बैठक दिउँसो १ बजेको लागि बोलाईएको स्रोतले जनाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।
बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल हुने जनाईएको छ ।
बैठकलाई माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारेको तयारीको रुपमा हेरिएको छ ।