सत्तारुढ माओवादी केन्द्र एमसीसीको विपक्षमा


काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्र अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विपक्षमा उभिएको छ ।माओवादी केन्द्र संसदीय दलको बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो ।

‘सहमति नजुटे त्यसको विपक्षमा मतदान गर्ने निर्णय भएको छ,’ उहाँले भन्नुभयो, ‘संशोधन वा परिमार्जन नगरी अगाडि बढाउन सकिँदैन ।

संसद् सुचारु नगरी कुनै पनि एजेण्डा अगाडि बढ्दैन ।’सत्ता गठबन्धनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित हुनुपर्नेमा जोड दिदै आएको छ ।प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार बस्न लागेको संसद्को बैठकमा एमसीसी टेबल हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ताप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएको छ ।संसदीय दलको बैठक सके लगत्तै प्रचण्ड बालुवाटार जानुभएको थियो ।

माओवादी केन्द्र संसदीय दलको बैठकले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अगाडि बढाउन नसकिने निर्णय गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button