आइसीसी यु-१९ विश्वकप: नेपालले पहिलो खेल आज न्यूजिल्याण्डविरुद्ध खेल्दै


काठमाडौं- दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल न्यूजिल्याण्ड विरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे बफालो पार्कमा हुनेछ ।

विश्वकप खेल्न समूह डिमा परेको नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्याण्डसंग खेल्न प्रतियोगीताको सुरुवात गर्न लागेको हो । हेड टु हेडका आधारमा नेपाल र न्षुजिल्याण्ड विच सन् २०१६ र २००६ मा भेट भएको छ । जहाँ नेपाल नै विजयी भएको छ ।

नेपालले दोस्रो खेल माघ १० गते पाकिस्तानसँग खेल्ने छ । यसैगरी समूह चरणको अन्तिम खेल माघ १२ गते अफगानिस्तान विरुद्ध खेल्नेछ ।

विश्वकप खेल्ने नेपाली युवा टोलीको कप्तानमा देव खनाल छन् भने टोलीका अन्य सदस्यमा, अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक डुम्रे, दुर्गेश गुप्ता, र गुलशन झा, छन् । यसैगरी दिपेश कँडेल, दिपक बोहरा, बिशाल केसी, सुभाष भण्डारी, दिपक बोहरा, उत्तम रंगु थापा, बिपिन रावल, तिलक भण्डारी,र आकाश चन्द पनि टोलीमा समावेश छन् ।

हिजोबाट शुरु भएको प्रतियोगितामा समूह चरणका खेलहरु भइरहेका छन् । १६ वटा टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्ने छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button