Trending
जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप! नेता झा घाइते

माघ २२, २०७७ जनकपुरका शिवचोकमा प्रदर्शनकारी सँग झडप हुँदा प्रहरीले गोली चलाएको छ ।
शिवचोकमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले गाडी चल्न नदिएपछि प्रहरीले खुलाउने प्रयास गरेको थियो ।
प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । झडपका क्रममा दाहाल-नेकपा पक्षका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते भएका छन् । त्यस्तै स्थायी कमिटी सदस्य मातृका यादव पनि प्रहरीले प्रहार गरेको अश्रुग्यासको सेल लागेर घाइते भएका छन् ।
प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर, अश्रुग्यास र गोली चलाएको एसपी रानाभाटले बताउनुभयो ।