प्रहरी जवान सुदिष्ट कुमार यादव भए पुलिस अफ द मन्थ(Police of the month)


POLICE OF THE MONTH ( २०७८- जेष्ठ ) ईलाका प्रहरी कार्यालय ढल्केवर धनुषा दरबन्दी भई सोही कार्यालयमा कार्यरत ( संकेत नं.C-००१२८४८३ कम्प्युटर कोड नं.४१८४८५ ) का प्रहरी जवान सुदिष्ट कुमार यादबले मिति २०७८/०१/१९ गते जिल्ला धनुषा धनुषाधाम न.पा.वडा नं.६ स्थित जगधर खोला जानेबाटोमा अबैध रुपमा भरुवा बन्दुक लोड अवस्थामा बोकी हिडडुल गरी रहेको अवस्थामा जिल्ला धनुषा मिथिला नगरपालिका वडा नं. ३ बस्ने बर्ष २० को रोशन पासवान, ऐ.ऐ बस्ने बर्ष १७ को मनिष गोले समेतलाई पक्राउ गर्ने कार्यमा महत्वपुर्ण भुमिका खेली उच्च जोखिमपुर्ण एवंम साहसिपुर्ण कार्य गरेको तथा ईलाका प्रहरी कार्यालय ढल्केवर धनुषाको अपराध अनुसन्धान शाखामा कार्यरत रही दिएको जिम्मेवारी कुशलतापुर्वक उच्चमनोवलका साथ अनुशासित भई उत्कृष्ट भूमिका निर्वाह गरेको हुदाँ उक्त कार्यको उच्च मुल्याङ्कन गर्दै निजलाई २०७८ साल जेष्ठ महिनाको उत्कृष्ठ प्रहरी ( POLICE OF THE MONTH ) घोषित गरिएकोमा आज मिति २०७८।०३।१६ गते हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै यस कार्यालयका का. प्रमुख प्र.उ. प्रकाश रानाभाटज्यू द्धारा कदर पत्र सहित सम्मान गरियो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button