रौतहटमा भारतिय सवारी चलाउन प्रतिबन्ध लागेपछि नेपाली नम्बरका सवारी चलाउनेको संख्यामा वृद्धि ।


ओम प्रकाश यादव

साउन १६ गते, रौतहट । भारतसँग सिमा जोडिएको तराई मधेशका जिल्लाहरुमा भारतिय नम्बर प्लेटका सवारी साधनहरु निर्वाध रुपमा चल्ने गरेको छ ।

तर पछिलो समय रौतहटमा भारतिय नम्बर प्लेटका सवारी साधन चलाउन प्रतिबन्ध लागेपछि नेपाली नम्बर प्लेटका सवारी साधन चलाउनेको संख्यामा वृद्धि भएको छ ।

भारतिय नम्बर प्लेटका सवारी साधनका कारण अपराधिक कृयाकलाप बढन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटले गएको साउन १ गतेदेखी जिल्लामा भारतिय नम्बर प्लेटका सवारी साधनहरु चलाउन प्रतिबन्ध लगाएको छ ।

भारतिय नम्बर प्लेटका सवारी साधनहरु चलाउन प्रतिबन्ध लागेसँगै जिल्लामा भारतिय नम्बर प्लेटका मोटरसाइकल लगाएतका सवारी साधन चलाउनेको संख्यामा कमी आएको र नेपाली नम्बर प्लेटका सवारी साधन चलाउनेको संख्या दिनप्रतिदिन बढदै गएको देखिएको छ ।

जिल्लाको ग्रामिण भेगका सडकहरुमा चोरेर थोरै संख्यामा भारतिय नम्बर प्लेटका मोटरसाइकल चल्ने गरेको भएपनि शहर बजारहरुमा नेपाली नम्बर प्लेटका मात्र मोटरसाइकल चल्ने गरेको देखिएको छ ।

रौतहट जिल्ला सिमावर्ति जिल्ला भएको कारणले यहाँ पनि भारतिय नम्बर प्लेटको मोटरसाइकल लगाएतका सवारी साधन प्रस्सतै चल्ने गरेको थियो ।नेपालको कानुन अनुसार भन्सारमा तोकिएको राजस्व तिरेर कुनैपनि भारतीय नम्बर प्लेटका सवारी साधनहरु वर्षमा बढिमा ३० दिन मात्र चलाउन पाइने भएपनि रौतहटमा भने निर्वाध रुपमा त्यस्ता सवारीसाधनहरु चल्ने गरेका थिए ।

भारतिय मोटरसाइकल सस्तो पर्ने गरेका कारण यहाँका अधिकांश नागरिक भारतिय नम्बर प्लेटकै मोटरसाइकल खरिद गरी चलाउने गरेका छन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले भारतिय नम्बर प्लेटका मोटरसाइकल तथा चार पाङग्रे सवारी साधनहरु चलाउन रोक लगाउँदै त्यस्ता सवारी साधनहरु धमाधम नियन्त्रणमा लिन थालेको छ ।

ट्राफिक प्रहरीले भारतिय नम्बर प्लेटका सवारी साधन नियन्त्रणमा लिने अभियान नै चलाएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाभरी अभियानकै रुपमा कार्यक्रम सञ्चालन गरी नियम विपरीत चलेका अबैध भारतिय नम्बर प्लेटका सवारीहरु नियन्त्रणमा लिन थालेको छ ।

अबैध भारतिय नम्बर प्लेटका सवारी साधन नियन्त्रणमा लिने अभियान अन्तर्गत अहिलेसम्म जिल्लाभरी बाट ५९ वटा मोटरसाइकल र ३ वटा चार पाङग्रे सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटका प्रमुख एवं प्रहरी निरीक्षक ज्ञान बहादुर माझीले बताएका छन ।जिल्ला भन्सार कार्यालयबाट अनुमति नलिई चलाउने भारतिय सवारी साधनलाई नियन्त्रणमा लिने गरेको प्रहरी निरीक्षक माझीले बताए ।

भारतिय सवारी साधन भारतिय व्यक्तिको नाममा दर्ता हुने गरेकोले त्यस्ता सवारी साधनबाट दुर्घटना हुँदा सवारी धनी पत्ता लगाउन मुस्किल हुने गरेको तथा यस्ता सवारीबाट अपराधिक कृयाकलापमा समेत वृद्धि भएकोले यसलाई नियन्त्रण गर्नका लागि भारतिय नम्बर प्लेटका सवारी साधन नियन्त्रणमा लिने अभियान चलाएको उनले बताए ।

रौतहटका प्रहरी उपरीक्षक सिद्धि बिक्रम साहले भारतिय नम्बर प्लेटका सवारी साधनका कारण अपराधिक कृयाकलापमा वृद्धि भएका कारण भारतिय नम्बरका सवारी साधन नियन्त्रणमा लिन थालेको बताएका छन ।

भारतिय सवारी साधनहरु भारतीय व्यक्तिको नाममा दर्ता रहेको कारण यसले सवारी दुर्घटना तथा अन्य कुनै किसिमको अपराधिक घटना हुँदा अपराधि र सवारी धनि को हो, भने पत्ता लगाउन गाह्रो हुने गरेको एसपी साहले बताए ।

भारतीय प्लेटका सवारी साधन सस्तोमा पर्ने गरेकोले जोकोहीले पनि खरिद गरेर त्यस्ता सवारी तस्करी तथा अपराध गर्ने कार्यमा प्रयोग गर्न थालेपछि यस्ता घटनालाई नियन्त्रणमा लिने प्रयास गरिरहेको उनले बताए ।राजस्व नतिरिकन नै अधिकांश भारतिय नम्बरका सवारी साध्न चल्ने गरेको छ ।

राजस्व छलेर चल्ने गरेको यस्ता सवारी साधनहरुबाट राज्यले वर्षेणी करोडौं राजस्व गुमाइरहेको छ भने अर्कातिर दुर्घटना भएमा त्यस्ता सवारी साधन र सवारी धनीलाई समात्ने कुनै आधार नै नहुने गरेको प्रहारीको भनाई छ ।तराई मधेशका जिल्लाहरुमा ठुलो मात्रामा भारतिय नम्बर प्लेटका सवारी साधनहरु चल्ने गरेकोले यसलाई पुर्ण रुपमा नियन्त्रणमा लिन असम्भव तथा चुनौतिपुर्ण रहेको देखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button