सर्वोच्च अदालतमा इजलास सञ्चालन हुनुपर्ने भन्दै कानुन व्यवसायीबीच हानाहान


काठमाडौं: कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियसनका अधिकारीहरुबीच विवाद सृजना हुँदा कुटाकुट भएको छ।

सर्वोच्च अदालतमा इजलास सञ्चालन हुनुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि विवादको वातावरण सृजना भएको हो। स्रोतका अनुसार अधिवक्ता भूमिनन्द चुँडाल र विराट न्यौपानेबीच कुटाकुट भएको हो।

बारका अधिवक्ताको एक पक्षले न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको रिट हेर्नुपर्ने र इजलास संचालनको आवाज उठाइरहेको छ भने अर्को पक्षले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म न्यायाधीशहरु इजलासमा जान नहुने अडानमा छ।

आन्दोलनका आगामी रणनीति तय गर्न बारको बैठक अहिले पनि जारी छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विवादमा मुछिएपछि सर्वोच्च अदालतका न्यायाधीशहरु आन्दोलित छन्। उनीहरुले लगातार चार दिनदेखि इजलास बहिष्कार गर्दै आएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button