सुनसरीमा हिन्दु र मुसलमान समुदायबीच पाँच बुँदे सहमति भएको छ ।


सुनसरी| केही दिनदेखि तनावग्रस्त रहेको सुनसरीमा हिन्दु र मुसलमान समुदायबीच पाँच बुँदे सहमति भएको छ । सामाजिक सञ्जालमा हालेको भिडिओलाई लिएर सुरु भएको विवादका कारण हिजोदेखि जिल्लाका पाँच वटा स्थानीय तहमा कर्फ्यू जारी गरिएको थियो । आज (शनिबार) बसेको सर्वदलीय बैठकमा दुई समूहबीच पाँच बुँदे सहमति भएको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार बेलुकादेखि इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो ।

सुनसरीका कामु प्रमुख जिल्ला अधिकारी बेदराज फुयलले दुई समुदायबीच सहमति भएको र अब कर्फ्यू विस्तारै हट्दै जाने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button