धनुषामा दुईजनालाई करेन्ट लागेर मृत्यु


जनकपुरधाम, २६ साउन ।

धनुषाको क्षीरेश्वर नगरपालिका वडा नं. ३ पर्सा टोलमा करेण्ट लागेर दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका ३ बस्ने ५० वार्षिय विन्दा दास र सोही वडाका ५५ वर्षिय मनिराम यादव रहेको जनाइएको छ ।

मृतक दास र यादव धार्मिक उत्सवमा भजनकिर्तन गर्न क्षीरेश्वर नगरपालिका वडा नं. ३ बस्ने भुलन यादवको घर गएका थिए । भजन किर्तनकै क्रममा माइकमा करेण्ट प्रभाव भएपछि उनीहरुको मृत्यु भएको प्रहरीले जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button