धनुषाधाममा बजाज मोटरसाइकल शोरुम संचालनमा

धनुषाधाम,श्रावण ३२ गते
धनुषाको धनुषाधाममा बजाज कम्पनीको मोटरसाइकल शो रुम संचालन आएको छ ।
अत्याधुनिक सुविधा सम्पन्न मां दुर्गा अटो मोबाइलले बजाज कम्पनीको मोटरसाइकलको शोरुम संचालनमा ल्याएको हो ।
आज नेपालको ओद्यौगिक क्षेत्रका प्रख्यात कम्पनी गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यू गोल्छाले रिवन काटर मोटरसाइकल शो रुमको समुद्घाटन गर्नुभएको छ।
यस क्षेत्रका नागरिकलाईक सेवा दिने उद्देश्वले मोटरसाइकलको शो रुम संचालमा ल्याएको शो रुमका संचालक संजय यादबले बताए ।
यस क्षेत्रमा बजाज कम्पनीको शो रुम नहुँदा बाध्य भएर मानिस बाहिर जानुपर्ने अवस्था थियो ।
समुद्घाटन कार्यक्रममा ,धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मंडल,प्रमोद यादव जय नारायण यादव,वडा अध्यक्ष राज किशोर साह,बिनोद यादव स्थानीय व्यापारी, जिल्ला भरिका शोरुम संचालक लगायतका उपस्थिति थियो ।
आजको दिनमा नेपालमा सर्वाधिक बिक्रि हुने बजाज कम्पनीको मोटरसाइकल नै रहेको कुल बजारको तुलनामा बजाजले ४५%मार्केट लिन सफल भएको बताए ।