नेता बरबरिया बने प्रदेश सचिव

श्रवण कुमार बरबरिया (यादव) नेकपा माओवादी केन्द्रका प्रदेश सचिवमा चयन भएका छन् ।


नटराज टाईम्स ,जनकपुरधाम । दश बर्षे जनयुद्दका कुशल कमाण्डर मानिएको धनुषाका श्रवण कुमार बरबरिया (यादव) नेकपा माओवादी केन्द्रका प्रदेश सचिवमा चयन भएका छन् ।

श्रमजीवी र सर्वहारा वर्गका नेता मानिने बरबरियालाई आईतबार प्रदेश नम्बर २ को प्रदेश कमिटिको सचिवमा चयन भएका छन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका नेता बरबरियालाई प्रदेश समितिको जिम्मेवारी दिइएको हो ।

पार्टीका धनुषा जिल्ला ईन्चार्ज समेत रहेका नेता बरबरिया माओवादी जनयुद्धकालमा कमाण्डरको कुशल भूमिका निर्वाह गरेको बताइएको छ ।

प्रचण्डसँग अति नजिक रहेका बरबरियालाई प्रदेश कमिटिको सचिवमा चयन गर्दा उनका शुभचिन्तकहरुले फोन, समाजिक सँजाल, एसएमएस मार्फत बधाई दिएका छन् ।

किसानको लागि बलिदानी दिएका शहिद सूर्यनाथ रान यादवसँगै राजनीतिक यात्रा सुरु गरेका योग कुमार बरबरियाको पूर्वी धनुषामा व्यक्तिगत पक्कड बलियो मानिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button