सहिदनगर मा पुर्व मन्त्री अर्गरिया र मेयर उदय बरबरिया ले गरे पहलमानी उद्घाटन ।
नटराज टाईमस, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका ९ गोठकोयलपुरमा आजबाट कुस्ती सुरु भएको छ ।
महादेव मन्दिरमा शिवलिङ्ग स्थापना गरेको अवसरमा लागेको मेलामा कुस्ती सुरु भएको हो ।
धनुषा क्षेत्र २ का संघीय साँसद एवं पूर्वमन्त्री उमाशंकर अरगरिया, मेयर उदय बरबरिया, वडाध्यक्ष रामदेव मरिक लगायतले संयुक्त रुपमा कुस्तीको उद्घाटन गरे ।
कुस्तीका लागि नेपाल र भारतबाट दर्जनौं पहलवान आएका छन् । कुस्ती आज पनि हुनेछ ।आज कुस्ती हेर्न हजारौं सर्वसधारण उर्लिएका थिए । मधेसका जिल्लामा अहिले कुस्ती खेलको आयोजना गर्दा टाढा टाढाबाट मानिसहरु हेर्न आउने गरेका छन् ।