ईन्जिनियर भगवान झालाई ‘मिथिला रत्न’ पदकबाट सम्मान गरिँदै


काठमाडौं, २८ मंसिर । अन्तर्राष्ट्रिय मैथिली–सम्मेलनले मैथिली अधिकार दिवसको अवसरमा यही डिसेम्बर २२–डिसेम्बर २३ सम्म आयोजना गर्ने दुई दिवसीय अन्तर्राष्ट्रिय मैथिल सम्मेलनको अवसरमा मिथिला संस्कृतिको संरक्षण र प्रर्वद्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै समाजसेवी ईन्जिनियर भगवान झालाई ‘मिथिला रत्न’ पदकबाट सम्मान गर्ने भएको छ ।

झाले विगत लामो समयदेखि आफूले निस्वार्थ भावले मिथिला संस्कृतिको संरक्षण एवम् प्रवद्र्धनको लागि काम गरेको सुनाउँदै अन्तर्राष्ट्रिय मैथिली–सम्मेलनले आफूलाई सम्मान गर्न लागेकोमा खुशी व्यक्त गरे । उनले भने,‘यो किसिमको अन्तर्राष्ट्रिय सम्मान पाउनु नेपाल र नेपालीको लागि पनि खुशीको कुरा हो । आगामी दिनमा अझै सक्रियताका साथ मिथिला संस्कृतिको रक्षाको लागि काम गर्न मलाई यसले प्रेरणा मिल्ने विश्वास लिएको छु ।’

निःस्वार्थ भावले कुनैपनि काममा लाग्दाखेरि कहीँ न कतैबाट त्यसको उचित मूल्यांकन हुने कुरा सम्मेलनले आफूलाई गर्न लागेको सम्मानले पनि पुष्टि भएको उनको भनाई छ । झा मैथिल ब्रम्हाण महासभा, नेपालका अध्यक्ष पनि हुन् ।

झालाई उक्त पदकबाट सम्मान गर्न पाएकोमा आयोजक समितिले गौरवको अनुभव गरेकोसमेत अन्तर्राष्ट्रिक्ष् मैथिली–सम्मेलन, दिल्ली÷काठमाडौंका अध्यक्ष डा. महेन्द्र नारायण राम र महासचिव डा. बैद्यनाथ चौधरी ‘बैजू’ द्धारा जारी विज्ञप्तीमार्फत जनाईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button