घुस लिएको आरोपमा उद्योग विभागका शाखा अधिकृत पक्राउ


काठमाडौं, वैशाख १४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत कुमारी तारा घिमिरे र करार सेवाका कार्यालय सहयोगी दिपा थापालाई घुस लिएको अभियोगमा नियन्त्रणमा लिएको छ । 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार, कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टंगालबाट खटिई गएको टोलीले  उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

शाखा अधिकृत घिमिरे र कार्यालय सहयोगी थापालाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकम र सोत नखुलेको ३७ हजार ५३५ रुपियाँसहित शाखा अधिकृतको कार्यकक्षबाट आज नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button