रौतहटमा विभिन्न पार्टी परित्याग गरी दर्जनौ व्यक्ति जसपामा प्रवेश मन्त्री यादवले गरे स्वागत


ओम प्रकाश यादव

फागुण २३ गते, रौतहट ।रौतहटमा विभिन्न पार्टी परित्याग गरी दर्जनौ व्यक्ति जनता समाजवादी पार्टी नेपालमा प्रवेस गरेका छन ।

जिल्लाको माधवनारायण नगरपालिका –५ मिठुअवामा सोमवार आयोजित पार्टी प्रवेस कार्यक्रममा नेकपा एमाले, माओवादी, लोकतान्त्रिक समाजवादी र नेपाली कांग्रेस परित्याग गरी एक दर्जनभन्दा बढी नेता कार्यकर्ता जसपामा प्रवेस गरेका छन ।

नेकपा एमाले, माओवादी, कांग्रेसले पटक पटक सत्तामा पुगे पनि मधेश र मधेशी जनताको हक अधिकार दिन नचाहेकोले बाध्य भएर मधेशवादी दल जसपामा प्रवेस गरेको नवप्रवेसीहरुले बताएका छन ।

मधेशमा बसोवास गर्ने मधेशी, थारु, आदिवासी, जनजाती, मुस्लिम लगाएत जातीको अधिकारका लागि सधै लडने एक मात्र पार्टी जनता समाजवादी पार्टीले मात्र मधेशी जनताको पहिचान र अधिकार दिलाउन सक्ने भएकोले आफुहरु जसपामा प्रवेस गरेको उनिहरुले बताए ।

एमाले, कांग्रेस, माओवादी, लोसपा परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेस गरेकाहरुलाई मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले टिका, फूलमाला तथा खादा ओढाएर जसपामा स्वागत गरेका छन् ।

नव प्रवेशीहरुलाई जनता र संगठनलाई उच्च स्थानमा राखेर पार्टीले दिएको जिम्मेवारी बहन गर्न निर्देशन दिएका हुन ।

कार्यक्रममा बोल्दै राज्य मन्त्री यादवले मधेसी जनताको अधिकार र पहिचानका लागि सबभन्दा पहिले आवाज उठाउने तथा सधै लडिरहने एकमात्र पार्टी जसपा रहेको बताए ।

जसपा बाहेक एमाले, माओवादी, कांग्रेस लगाएतका दलले मधेशीको अधिकार दिलाउने नाममा मधेशीलाई पटक पटक ठग्ने काम मात्र गर्दै आएकोले आउँदो स्थानीय तहको निर्वाचनमा यी दलहरुलाई भोट नहाल्न उनले सबैलाई आग्रह गरे ।

यहाँ काम गर्ने कालु मकै खाने भालु भनेजस्तै भएको छ,’ उनले भने, ‘ सयौं मधेशी जनताकोे रगतको बलमा मधेसीले थोरै भएपनि अधिकार र पहिचान पाएका छन ।

तर अझै पनि मधेसी जनताले पूर्ण रूपमा अधिकार र पहिचान पाएका छैनन् । मधेशीले पुर्ण रुपमा अधिकार र पहिचान नपाएसम्म जसपा लडिनैरहने उनले बताए ।

जसपा नेपालको एक नम्बर पार्टी नभएसम्म मधेशीले अधिकार पाउन नसक्ने तथा देशमा स्थायित्व, विकास र समृद्धि नआउने समेत उनले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button