कमला बचाउ अभियानको दोस्रो वार्षिकोत्सवको तयारी तीव्र ।

कमला बचाउ अभियानको दोस्रो वार्षिकोत्सव


जल तथा नदी, पर्यावरण बचाउ अभिप्राय सहित जारी रहेको कमला बचाउ अभियानको दोस्रो वार्षिकोत्सवको तयारी तीव्र पारिएको छ ।

गत बर्ष प्रथम वार्षिकोत्सव भव्यताका साथ मनाएका कमला बचाउ अभियानले यसपाली कोरोना भाईरसलाई मध्यनजर गर्दै तिनदिने कार्यक्रमको आयोजना गरिएको कमला बचाउ अभियानका सँयोजक विक्रम यादवले जानकारी दिए । मँसिर १३ गतेखि कमला धर्मशालाको उदघाटन हुने कार्यक्रम रहेको छ भने १४ गते दोस्रो वार्षित्सव तथा मँसिर १५ गते कमला आरतीको आरम्भ गरिने सँयोजक यादवले जनाए । कोरोना भाइरसलाई मध्यनजर गर्दै श्रद्धालु व्यवस्थापनको लागि छलफल जारी रहेको बताईएको छ । समन्वय समिति धनुषाको सभाहलमा बसेको बैठकबाट कमला नदी धनुषा र सिरहा जिल्लाको बीचमा पर्ने भएकोले दुवै तर्फ वार्षिकोत्सव र कार्यक्रम गर्ने उदघोष बमोजिम यस बर्ष सिरहा तर्फ वार्षिकोत्सव मनाउने निर्णय भएको धनुषाको शहिदनगर नगरपालिकाका मेयर एवम् कमला बचाउ अभियानी समेत रहेका उदय कुमार बरबरिया (यादव) ले बताए । उनले सिरहा जिल्लाको सिरहा नगरपालिकाका मेयरसँग समन्वय गरी कार्यक्रम सारश्वर घाटमा आयोजना गर्ने उपर छलफल तीव्र पारिएको बताए । गत बर्ष शहिदनगर नगरपालिका पर्ने रामघाटमा भव्य कार्यक्रम आयोजना गरिएको थियो । भारत सहित अन्य देशका जलपुरुष, जलयोद्धा, पर्यावरण अभियानीहरु समेत सहभागीता भएका थिए भने यसपाली बोर्डरमा कडाई गरिएको कारण विदेशी अभियानीहरुको उपस्थिति नहुने जनाईएको छ । मँसिर १४ गते विहान ७ः३० बजेदेखि कार्यक्रम सुरु हुने मेयर बरबरियाले जानकारी दिए । कार्तिक पुर्णिमाको दिन कमला नदीमा भूतमेला सहित भव्य मेला आयोजन हुँदै आएको छ । कमला बचाउ अभियानले २ बर्षमा कमला नदीको किनारमा वृक्षारोपण, घाट निर्माण, धर्मशाला निर्माणको लागि पहल गर्दै पर्यावरणको लागि प्रयास जारी राखेको छ । बैठकमा जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव बनरैत यादव, कमला बचाउ अभियानका सचिव विनोद कुमार महरा, अभियानी राजकिशोर यादव,जनार्दन भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख अधिकृत राम किशोर महतो, अभियानी बलिराम कापरी लगायतको सहभागीता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button