शहिदनगर नगरपालिकाभित्रका युवाहरुलाई स्वरोजगार अन्तर्गत क्षमता अभिवृद्धि लागि ईलेक्ट्रिसियन तालिम ।

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाभित्रका युवाहरुलाई स्वरोजगार अन्तर्गत क्षमता अभिवृद्धि तालिम सुरु गरिएको छ ।
आर्थिकोपार्जन कार्यक्रम अन्तर्गत स्वरोजगारीको सँख्या वृद्धि गर्नको लागि नगरभित्रका युवाहरुलाई १५ दिने ईलेक्ट्रिसियन तालिमको एक कार्यक्रमबीच उदघाटन गरिएको हो । नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया (यादव) को प्रमुख आतिथ्यमा सोमबार एक कार्यक्रमबीच उदघाटन गरिएको हो ।
नगरपालिकाको ९ वटै वडाबाट २५ जना सहभागीता जनाएका युवाहरुलाई कुशल ईलेक्ट्रिसियनद्धारा तालिम प्रदान गरिने जनाइएको छ ।
सहभागीहरुलाई हाउस वायरिँग, साधारण वायरिँग गरी विद्युतिय जडान सम्बन्धी तालिम प्रदान गरिने जनाइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्रुध्न यादवको विशिष्ट आतिथ्यमा तालिमको शुभारम्भ गरिएको हो ।
उदघाटन कार्यक्रममा नगरपालिकाका लेखापाल लोक बहादुर नेपाली, जिन्सी शाखा प्रमुख सुदिप भट्टराई, समाजिक सुरक्षा शाखाका कम्पयुटर अपरेटर विष्णुदेव यादव, विकेश यादव सहित प्रशिक्षकहरुको सहभागीता रहेको थियो ।