रौतहटमा देशकै सबभन्दा ठुलो फर्निचर मेला शुरु, प्रत्येक वर्ष मेलाको कारोबार फस्टाउँदै ।
ओम प्रकाश यादव रौतहट, फागुण ४ गते । प्रत्येक वर्ष झै यस वर्ष पनि रौतहटमा देशकै सबभन्दा ठुलो काठको फर्निचर मेला शुरु भएको छ । जिल्लाको मध्य भाग गरुडा नगरपालिका १ जयनगरमा उक्त फर्निचर मेला लागेको छ । प्रत्येक वर्ष श्रीपञ्चमी देखी एक महिना सम्म लागदै आएको फर्निचर मेला यस वर्ष पनि लागेको छ ।
मेलामा फर्निचर र फलामका विभिन्न सामग्री बिक्रीका लागि राखिएको छ । जिल्लाको विभिन्न भागबाट फर्निचर व्यवसायीले मेलामा फर्निचर ल्याएका छन् भने छिमेकी जिल्ला बारा, पर्सा, सर्लाही लगाएतका जिल्लाबाट पनि अत्यधिक मात्रामा काठका फर्निचर मेलामा ल्याइएको छ ।
मेलामा फर्निचर व्यवसायीहरु काठबाट बनाएका विभिन्न डिजाईनका पलङ, डाइनिङ सेट, कुर्सी, खाट, खटिया, चारपाई, बे्रन्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, कुर्सी, दराज, लगायत घरायसी प्रयोजनका करीब सबै फर्निचर विक्रीका लागि ल्याएका छन । त्यस्तै रौतहट सहित देशका विभिन्न भागका साथै भारतको बिभिन्न ठाँउबाट आएका मिस्त्रीहरु मेलामा फलामको कोदालो, हँसिया, कुटो, बञ्चरो खुकुरी,लगातका सामग्री पनि विक्रि गर्न ल्याएका छन ।
मेलामा प्रत्येक वर्ष फर्निचर र फलामका सम्पुर्ण सामग्रि विक्रिका लागि ल्याउने गरिएको छ । यो मेलामा बिक्री गर्नको लागि विश्वकर्मा लोहार जातीले २÷३ महिना अघिदेखी नै फर्निचरका सामग्रीहरु बनाउने कार्य शुरु गर्ने गर्छन । अहोरात सम्म खटेर मिहनतका साथै लोहार जातीले बनाएको फर्निचरका सामग्री अहिले मेलामा ल्याएर बिक्री गरेर राम्रो आम्दानि गर्ने गर्दछन । आफुले फर्निचरबाट बनाएको विभिन्न सामग्रि मेलामा विक्रिका लागि ल्याएको मेलामा भेटिनुभएका गरुडाका छठु लोहार ठाकुरले बताउनुभएको छ । मेलामा गत वर्ष ४ लाखको फर्निचर विक्रि गरेको बताउने ठाकुरले यस वर्ष ६ लाखको फर्निचर विक्रि हुने विश्वास गरेका हुन । मेलामा फर्निचर सस्तो पाउने गरेका कारण हरेक