सोमबार राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

भारतसँगका उडान २२ गते देखि बन्द गर्ने निर्णय गरेको छ।


सरकारले बढ्दो कोभिड संक्रमण रोकथामका लागि सोमबार राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

आइतबारको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि नै कोभिड संक्रमण रोकथाम निर्देशक समितिले आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो। आइतबार मात्रै नेपालमा अहिलेसम्मकै सबन्दा उच्च कोभिड संक्रित भेटिएका छन्।

मन्त्री अर्यालका अनुसार मन्त्रिपरिषद्ले भारतसँगका उडान २२ गते देखि बन्द गर्ने निर्णय गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button