महामारी नियन्त्रणमा नेपाललाई सक्दो सहयोग गर्ने चीनको घोषणा


बेइजिङ — चीनले नेपालको कोरोना महामारी नियन्त्रणमा सक्दो सहयोग गर्ने घोषणा गरेको छ। बेइजिङस्थित नेपाली दूतावासले महामारी नियन्त्रणमा चिनियाँ सहयोगका लागि सिनोफार्म र अक्सिजन सिलिन्डरका लागि चिनियाँ सिड्का भन्ने निकायसँग पहल गरिरहेका बेला चीनले पत्रकार सम्मेलन गरेरै सक्दो सहयोगको प्रतिबद्धता जनाएको हो।

शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरेर चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले भने, ‘नेपालमा तीव्र गतिमा बढिरहेको कोरोना महामारीपछि उत्पन्न परिस्थितिप्रति चीनको ध्यानाकर्षण भएको छ। चीनले सबै प्रकारका सक्दो सहयोग गर्नेछ।


विश्व

महामारी नियन्त्रणमा नेपाललाई सक्दो सहयोग गर्ने चीनको  घोषणा

वैशाख २५, २०७८लक्ष्मी लम्साल

बेइजिङ — चीनले नेपालको कोरोना महामारी नियन्त्रणमा सक्दो सहयोग गर्ने घोषणा गरेको छ। बेइजिङस्थित नेपाली दूतावासले महामारी नियन्त्रणमा चिनियाँ सहयोगका लागि सिनोफार्म र अक्सिजन सिलिन्डरका लागि चिनियाँ सिड्का भन्ने निकायसँग पहल गरिरहेका बेला चीनले पत्रकार सम्मेलन गरेरै सक्दो सहयोगको प्रतिबद्धता जनाएको हो।

शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरेर चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले भने, ‘नेपालमा तीव्र गतिमा बढिरहेको कोरोना महामारीपछि उत्पन्न परिस्थितिप्रति चीनको ध्यानाकर्षण भएको छ। चीनले सबै प्रकारका सक्दो सहयोग गर्नेछ।’

चीन र पाँच वटा दक्षिण एसियाली मुलुकका परराष्ट्रमन्त्रीबीच वैशाख दोश्रो साथा भिडियो कन्फ्रेन्स हुँदा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले कोरोना महामारीको अवस्थालाई ध्यानमा राखी नेपाललगायत सम्बन्धित मुलुकहरूलाई सहयोगको प्रतिबद्धता जनाएका थिए। चीनले नयाँ चरणको स्वास्थ्य सहायता उपलब्ध गराउने वाचालाई व्यवहारमा उतार्न लागेको छ। प्रवक्ता वाङले भनेका छन्, ‘अहिलेको अवस्थामा महामारी प्रतिरोधी स्वास्थ्य सामग्रीको तयारी आधारभूत रुपमा पूरा भएको छ, नेपाली साथीहरूको सहयोगमा सम्भव भएसम्म तत्काल नेपालमा पुर्‍याउन चीन तयार छ।’

परराष्ट्र प्रवक्ता वाङका अनुसार चीनका स्थानीय सरकार तथा गैसरकारी संस्थाहरूले सक्रियताका साथ महामारीका लागि अत्यावश्यक सामग्रीहरू नेपालमा पुर्‍याउने काम गर्दै आएका छन्। उनले भने, ‘हामीलाई विश्वास छ, नेपाल सरकार र सबै पार्टीहरूको संयुक्त प्रयासमा नेपाली जनताले महामारीबाट मुक्ति पाउनेछन्। उत्पादन र जनजीवन पूर्ववत् रूपमा सामान्य अवस्थामा फर्किनेछ।’

चिनियाँ सञ्‍चारमाध्यमका अनुसार नेपाल चीनको मैत्री छिमेकी र रणनीतिक साझेदार हुनुका साथै महामारीको उदयपछि एकअर्कालाई आपसी सद्भाव र सहयोगबाट नयाँ अध्याय कोरेका मुलुक हुन्। चीनले नेपालमा जारी कोरोना महामारीका चुनौतीलाई साझा गर्न चाहन्छ र नेपाललाई सहयोग पुर्‍याउन यथाशक्य प्रयास गरिरहने टिप्पणी पनि चिनियाँ सञ्‍चारमाध्यमहरूले गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button