६ घण्टासम्म सामाजिक सञ्जाल बन्द भई फेसबुकमा उत्पन्न अवरोधका लागि माफी मागेका छन् ।


वासिङटन — फेसबुकका संस्थापक मार्क जुकरबर्गले झण्डै ६ घण्टासम्म सामाजिक सञ्जाल बन्द भई फेसबुकमा उत्पन्न अवरोधका लागि माफी मागेका छन् । सोमबार फेसबुकमा अचानक अवरोध आउँदा विश्वभर ३ अर्ब ५० लाख प्रयोगकर्ता प्रभावित बनेका थिए ।

फेसबुकको आन्तरिक प्राविधिक कारणले गर्दा सोमबार फेसबुकसहित म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम झण्डै ६ घण्टासम्म बन्द भएको थियो ।

उक्त अवस्थाबारे विज्ञप्ति जारी गर्दै फेसबुकका मालिक जुकरबर्गले माफी मागेका हुन् ।यस्तै उक्त अवरोधले गर्दा फेसबुकलाई ६ अर्ब डलर घाटा भएको समेत बताइएको छ । तर पछील्लो समस्याबारे फेसबुकले अध्ययन गरेको समेत जनाएको छ ।

फेसबुकका पूर्वकर्मचारी फ्रान्सेस हगेनले आइतबार मात्रै अन्तर्राष्ट्रिय मिडियालाई अन्तर्वार्ता दिँदै फेसबुकले सुरक्षा बढाइरहेको बताएकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button