विभिन्न जिल्लाका परियोजनाहरू कार्यान्वयन क्रममा भएका राम्रा अभ्यास र उपलब्धिहरू: कार्यक्रम व्यवस्थापक सत्य कुमार महतो


जनकपुरधाम

आसमान नेपालको निक शिक्षा दिय परियोजनाका कार्यक्रम व्यवस्थापक सत्य कुमार महतोले आसमान द्वारा सञ्चालित विभिन्न जिल्लाका परियोजनाहरू कार्यान्वयन क्रममा भएका राम्रा अभ्यास र उपलब्धिहरू साझा गर्न अन्तरपरियोजना सिकाइ आदानप्रदान कार्यक्रम जनकपुरधाममा आयोजना भएको बताउनुभएको छ ।


विभिन्न परियोजनाका टोली प्रमुख हरूको सहभागिता रहेको कार्यक्रममा निश्चित अवधिसम्म सञ्चालन भएका परियोजनाका प्रभाव तथा परिणामका बारेमा सबै परियोजनासँग आबद्ध व्यक्तिहरूको सिकाइ भएको उहाँले विश्वास व्यक्त गर्नुभयो ।


आसमानले काम गरेका क्षेत्रमा विपत् व्यस्थापन, स्वास्थ्यअन्तर्गत पोषण, शिक्षा, बालविवाह र बालश्रमविरुद्धका परियोजनामा भएका गतिविधिहरू कार्यक्रममा एकअर्कासँग साझा भएको र यसबाट परियोजनाका क्रियाकलापका गुणस्तर सुनिश्चित हुन सघाउन पुगेको महतोको भनाइ छ ।


गुणस्तस्रीय शिक्षा प्रवद्र्धन र यसबाट शिक्षा, स्वास्थ्य र जीविकोपार्जनका सबालहरू सम्बोधन हुने सूचना कार्यक्रमबाट प्रवाहित भएको उहाँको कथन छ ।


उहाँले सबै बालबालिकालाई पूर्ण समय औपचारिक दिवा स्कुल पठाउन स्थानीय तह, सरकारी निकाय, सामुदायिक संस्था, शिक्षक, अभिभावक लगायत सबै सरोकारवाला सचेत रहनुपर्ने भन्ने विषयमा कार्यक्रममा गम्भीर विमर्श भएको उल्लेख गर्नुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button