सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाउने तयारी गरेको छ।


काठमाडौँ – सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाउने तयारी गरेको छ।

प्रदेश २ का राजेश झा, गण्डकीका सीताकुमारी पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मानन्द यावदलाई हटाएर उनीहरुको ठाउँमा नयाँलाई नियुक्त गर्ने तयारी सरकारले गरेको हो।

आज दिउँसो ३ बजे बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय लिने उच्च श्रोतले जानकारी दियो।

केपी ओली सरकारले नियुक्त गरेका तीनजना प्रदेश प्रमुखलाई हटाएर उनीहरुको ठाउँमा कसलाई नियुक्ती गरिँदैछ भन्ने खुलेको छैन।

यसअघि देउवा सरकारले नियुक्त गरेका सातवटै प्रदेश प्रमुखहरुलाई हटाएर ओली सरकारले नयाँलाई नियुक्त गरेकाे थियाे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button