सिआईएफटी (CIFT ) प्रतियोगिताका शीर्ष विजेता


काठमाण्डौको सिटी सेन्टरमा आयोजना गरिएको ‘फ्यासन सो’ मा क्रियटिभ इन्स्टिच्युट अफ फेसन टेक्नोलाजी (सीआईएफटी)को प्रस्तुती रहेको ‘फेसन फ्लायर’मा विभिन्न सौन्दर्य प्रतियोगिताका शीर्ष विजेता तथा व्यवसायी मोडलहरु र्‍याम्पमा उत्रिएका जानकारी क्रिएटिभ इन्स्टिच्युटको संचालिका सुचिता सचीले बताउनुभयो।

वाँहाले भन्नुभयो ग्यालेक्सी इन्टरटेनमेन्टका धिरज तन्दुकारको कोरियोग्राफी रहेको शोमा ‘मिस ग्ल्याम वल्ड–२०२३’ आयुशा पोखरेल, ‘मिस एसिया–२०२३’ आयुश्मा बज्रचार्य, ‘मिस टुरिज्जम वल्र्ड–२०२३’ सजिना खनाल, ‘मिस टिन युनिभर्स–२०२३’ प्रतिक्षा डंगोल, रोजिका पौडेल, दिक्षाश्री केसी, सिर्जना केसी, सीता सुवेदी, निशा विष्ट, ‘मिसेस नेपाल–२०२३’ सरु राज्यलक्ष्मी राणालगायतका मोडलहरु रयाम्पमा थिए ।

सिटी सेन्टरको फस्ट फ्लोरमा आयोजित शोमा मोडलहरु समर पहिरनमा क्याटवाक गरेका थिए ।

मोडलहरु विभिन्न डिजाइनरले तयार पारेका पहिरनमा क्याटवाक गर्दा दर्शकको वाहवाही पाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button