रिलिजअघि हजारभन्दा बढी सो हाउसफूल भएको साउथ फिल्म ‘मास्टर’ नेपालमा पनि प्रदर्शन


बहुप्रतिक्षित साउथ इन्डियन फिल्म मास्टर शुक्रबारदेखि नेपालका हलमा पनि प्रर्दशन हुने भएको छ।

कोभिड १९ को महामारीपछि भारतमा आजदेखि पहिलो ठूलो ब्यानरको फिल्म ‘मास्टर’ सार्वजनिक भएको छ। सार्वजनिक हुनुअघि नै शनशनी मच्चाएको फिल्मले पहिलो दिन २५ देखि ३० करोडको बीचमा ओपनिङ गर्ने आँकलन गरिएको छ। भारतमा महामारीपछि ठूलो ब्यानरको फिल्म सार्वजनिक भएको यो पहिलो हो।

लोकेश कंगराजको निर्देशनमा बनेको तमिल फिल्मका दुई सुपरस्टार विजय र विजय सेतुपतीलाई सँगै हेर्न दर्शकहरु उत्साहित देखिएका छन्। फिल्मको रिलिजअघि नै हजारभन्दा बढी सोको टिकट बिक्री भइसकेको छ।

‘मास्टर’ को टिकट काट्न जम्मा भएका दर्शक कम गर्न अनलाइन बुकिङ खुला गरे पनि यसले हलको टिकट काउन्टरमा भीड घटाउन सकेन। केही स्थानमा दर्शकको भीड कम गर्न प्रहरीले पहल गर्नु परेको थियो।

३८ सय पर्दाका साथ रिलिज भएको ‘मास्टर’ तमिलसँगै फिल्म तेलगु, कर्णाटक, मलयालम र हिन्दी भाषामा पनि रिलिज भएको छ। नेपालमा समेत यी दुई अभिनेताको फ्यान फलोइङ निकै छ। त्यसैले फिल्म लागेसँगै नेपालका हलमा पनि चहलपहल सुरु हुने हलवालाले आश गरेका छन्।

हालै सरकारले सिनेमा हल खोल्ने अनुमति दिएपछि नेपालमा पनि भोलिदेखि ‘मास्टर’ प्रदर्शन हुँदैछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button