नेपाली काँग्रेसको सभापतिमा बिमलेन्द्र नीधिको उम्मेदवारी घोषणा


जनकपुरधाम । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औँ महाधिवेशनमा सभापति पदका लागि औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार एक कार्यक्रमको आयोजना गर्दै १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेको हो । उनले उम्मेदवारी घोषणा गर्दै काँग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी किन भनी भनेर २३ बुँदे प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका छन ।

निधिले सभापतिमा आफ्नो उम्मेदवारीको ध्येय र आशय अगामी सरकार नेपाली काँग्रेसको एकलौटी बनाउनु रहेको बताए।

उनले कांग्रेसको नेतृत्वमा संविधानमा जारी भएपनि निर्वाचनपछि कम्युनिष्ट पाटींले सरकार बनाएपछि विकृती विसंगती सुरु भएकाले कांग्रेसको नेतृत्वमा जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्न कांग्रेसको एकलौटी सरकार आवश्यक रहेको बताए।

निधिले आफ्नो नेतृत्वमा कांग्रेसले आगामी तीनै तहका निर्वाचनमा बहुमत हासिल गर्न सक्ने दाबी गरे।

उनले जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन र देशको भौगोलिक विविधता,हिमाल, पहाड, तराई–मधेस, पश्चिमदेखि पूर्वका सबै जनताको भावनात्मक रुपमा जोड्ने कांग्रेस बनाउन आफूलाई सभापतिमा निर्वाचित गर्न आग्रह समेत गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button