कांग्रेसको प्रदेश नं. २ को सभापतिमा रामसरोजको उम्मेदवारी घोषणा


जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश नं. २ को सभापतिमा रामसरोज यादवले उम्मेदवारी घोषणा गरेका छन् ।

सभातिमा उम्मेदवारी घोषणा गरेका यादव प्रदेश नं. २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पनि हुन् । यादवले जनकपुरधाममा पत्रकार सम्मेलन गरेर प्रदेश सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

मन्त्री यादवले आफू पार्टीमा विद्यार्थी जीवनबाटै लागेको र १४ वर्ष धनुषा जिल्ला सभापतिको कार्यकाल सम्पन्न गरेको स्मरण गराउँदै प्रदेश सभापतिमा उम्मेदवारी दिन लागेको बताएका छन् ।

आफू निर्वाचित भएमा प्रदेशभरि कांग्रेसलाई प्रदेश नं. २ मा बलियो बनाउने बताएका छन् । सभापतिमा उम्मेदवारी घोषणा गरेका यादव उप–सभापति विमलेन्द्र निधि निकटका हुन् ।

निधिले सभापति देउवा समूहलाई छाडेर आफै गुट निर्माणमा लागेका छन् । यादव देउवा समूहबाट प्रदेश सभाको सांसदमा निर्वाचित भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button