भंगहामा आज मेयर फुटबल गोल्ड कपको उद्घाटन ।।


महोत्तरीको भंगहा नगरपालिकामा भोलीदेखि हुने मेयर गोल्ड कप फुटबल प्रतियोगिताको अन्तिम तयारी पुरा भएको नगर प्रमुख संजिव साहले यस्तो जानकारि दिनुभयो ।

सितापुरको सिद्दपुरस्थित श्री मा.वि को खेलमैदानमा सञ्चालन हुने यस् प्रतियोगितामा कुल आठ (८) टिमको सहभागीता रहने छ। प्रतियोगिता माघ १७ देखि २४ गतेसम्म आठ दिन चल्नेछ । पहिलो खेलमा त्रिभुवन आर्मी क्लव काठमाडौं र धरान फुटवल क्लब धरानबीच प्रतिष्पर्धा हुनेछ ।

मेयर साहका अनुसार प्रत्येक खेलमा दिउँसो १ बजे ग्राउण्ड रिपोटिङ (ground reporting) हुनेछ भने ओबिसीको केन्द्रिय महाधिवेशनबाट संचार बिभागको केन्द्रिय प्रमुखमा रबिन्द्र यादव न्युक्त दिउँसो २ः१५ बजे किक अफ (kick off) हुनेछ । क्वाटरफाइनलका खेलहरु, माघ २० गते समाप्त भएपछि २१ र २२ गते सेमिफाइनल र २४ गते फाइनल खेल खेलिनेछ ।

दुई बलिया विभागीय टिम, आर्मी र एपीएफको सहभागीता रहेको यस प्रतियोगिताको विजेतालाई पाँच लाख तथा उपविजेतालाई दुई लाख पुरस्कार रकम तोकिएको छ । माघ २५ गते समापन गरिने उक्त खेलमा प्रथम समुह मेयर फुटबल गोल्ड कपको उपाधीलाई ५ पाँच लाख नगद, प्रमाण पत्र, मेडल पुरस्कार र दृतिय समुह उपबिजेतालाइ २ दुइ लाख नगद, प्रमाण पत्र, मेडल र पुरुस्कारको घोषणा गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button