नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका श्यामबहादुर सापकोटालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
पक्राउ पर्नेमा आफूलाई ‘राजावादी समूह’ का सदस्य बताउने नुवाकोट विदुर नगरपालिकाका श्यामबहादुर सापकोटा छन् ।
उनले यादवलाई रिपोर्टस क्लबको कार्यक्रममा बोलेर फर्किदै गर्दा पछाडिबाट खुकुरी प्रहार गरेको काठमाडौं प्रहरी परिसरका एसपी कुमुद ढुंगेलले बताए ।
प्रहरीसँगको प्रारम्भिक अनुसन्धान क्रममा सापकोटाले आफू राजावादी भएको र राष्ट्र बचाउन यादवमाथि खुकुरी प्रहार गरेको बयान दिएका छन्