मन्त्री यादव आफना क्षेत्रमा विकास निर्माण कार्यलाई तिव्रता दिदै, उनको कामबाट जनता हर्षित ।


ओम प्रकाश यादव अषाढ ८ गते, रौतहट ।

प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले गृह जिल्ला रौतहटमा करोडौको लागतमा सडक पुर्वाधार निर्माण लगाएत कार्यको शिलान्यास गरेका छन । राज्य मन्त्री यादवले आफना संसदीय निर्वाचन क्षेत्र रौतहट क्षेत्र नं १ को ख स्थित माधोपुर गाउँमा सडक ढलान कार्यको शिलान्यास गरेका हुन । एक कार्यक्रमका बीच मन्त्री यादवले ेउक्त सडक ढलान कार्यको शिलान्यास गरेका हुन । सो अवसरमा जसपाका गाउँ एकाई कमिटि अध्यक्ष विरझन यादव लगाएतको सहभागिता रहेको थियो ।प्रदेश २ सरकारको करोडौको लागतमा माधोपुरमा विभिन्न सडक ढलान र भौतिक संरचना निर्माण कार्यको मन्त्री यादवले एकै दिन शिलान्यास गरेका छन । मन्त्री यादवले शिलान्यास गरेपछि माधोपुरमा सडक ढलान लगाएत कार्य तिव्र गतिमा अगाडि बढेको छ । माधोपुर बजार किसान आन्दोलनको मुख्य केन्द्रविन्दु रहेको छ । केहि दशक अघि माधोपुर बजारबाट नै किसान आन्दोलनको सुरुवात भएको थियो । सो बजारको आन्दोलनबाट एकातर्फ किसानहरुको जिवनमा आमुल परिवर्तन भएको थियो भने अर्कातर्फ किसानलाई ठुलो क्षति व्यवहोर्नु परेको थियो । तसर्थ माधोपुर बजार किसान आन्दोलनको उदगमस्थल भएको हुनाले सो बजार क्षेत्रको चौतर्फि विकासका लागि प्रदेश सरकारले विगत केहि वर्षदेखी प्रत्येक वर्ष एक एक करोड रुपैया बजेट विनियोजन गर्दै आएको छ ।जनता समाजवादी पार्टीका उपेन्द्र यादव निकटका शक्तिशाली नेता मानिने राज्य मन्त्री योगेन्द्र यादवकै विशेष पहलमा प्रदेश सरकारले माधोपुर बजार र बजार वरीपरीको समग्र विकासका लागि गत दुई वर्षदेखी एक एक करोड बजेट छुटयाउन थालेको छ । प्रदेश सांसदमा निर्वाचित भएपछि मन्त्री यादवले माधोपुर बजार र गाउँको विकासका लागि ठुलो मात्रामा बजेट विनियोजन गर्न प्रदेश २ सरकारलाई आग्रह गरेका थिए ।विकास पुरुष नेताको रुपमा परिचित मन्त्री यादवले आफनो कार्यकालसम्मा माधोपुर गाउँलाई विकासको सवालमा कायापल्ट गर्ने दावी गरिसकेका छन र सोही अनुसार उनले विकास निर्माण कार्यलाई पनि तिव्रता दिरहेका छन । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका मन्त्री यादवको पहलमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अहिले माधोपुर बजारको पोखरी सौन्दर्यकरणको काम अन्तिम चरणमा पुगेको छ भने गाउँको दशक भन्दा बढि दिनदेखी जिर्ण रहेको दुई वटा सडक ढलान कार्य धमाधम हुँदै छ । दशकौ देखी जिर्ण रहेको सडक अहिले ढलान हुन थालेपछि पुरै माधोपुर गाउँबासी नै हर्षित भएका छन ।उनको पहलमा गत वर्ष पनि करोडौको लागतमा माधोपुर बजारमा ढलान गर्ने कार्य भएको थियो । उहाँकै पहलमा यहाँ प्रसुति गृह निर्माण कार्य पनि अन्तिम चरणमा पुगि सकेको छ । मन्त्री यादवले सडक पुर्वाधार निर्माण मात्र नभइ भौतिक पुर्वाधार निर्माण, धार्मिक तथा पर्यटकीय स्थलको निर्माण, शिक्षा, स्वास्थ्य, कृषि लगाएतका क्षेत्रको पनि विकासलाई पनि तिव्रता दिएका छन ।प्रदेश सांसदमा निर्वाचित भएदेखी नै उनले आफना क्षेत्रमा विकास निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाएका छन । विकासकै कारणले उनी विकास पुरुषको रुपमा परिचित छन भने उनको विकास हेरेर त्याहाका जनता पनि निकै खुसी छन ।मन्त्री यादवको अहिलेसम्मको अवधीमा रौतहट क्षेत्र नं १ को ख मा इतिहासमै सबभन्दा बढी काम भएको पाइएको छ । अहिलेसम्म कसैले पनि गर्न नसकेको काम मन्त्री यादवले गरेर अरुलाई पनि पाठ सिकाएका छन । मन्त्री यादवको काम गर्ने शैलीबाट सबै जनता सन्तुस्ट छन तर सोही क्षेत्रबाट सांसदमा निर्वाचित अनिल कुमार झाबाट अधिकांश जनता असन्तुस्ट छन । सांसदमा निर्वाचित झाले निर्वाचित भएदेखी अहिलेसम्म कुनै ठोस काम गर्न नसकेको भन्दै सर्वसाधारण जनता उनीबाट निकै रुष्ट छन । सोही क्षेत्रबाट विगतका दिनमा सरला यादव, कृष्ण यादव, सत्यनारायण भगत विन लगाएतका कयौं नेताहरु जितेर सांसद र मन्त्रीसम्म बनेपनि कसैले पनि ठोस काम गर्न सकेन तर पहिलो पटक नै प्रदेश सांसदमा जितेका मन्त्री योगेन्द्र यादवले धेरै कम समयमै क्षेत्रमा विकासको आँधी ल्याएर विकासवादी नेताको रुपमा आफुलाई स्थापित गर्न सफल भइसकेका छन ।आफना कामले हरेक जनताको मन जित्न सफल राज्य मन्त्री यादवले आफना कार्यकालसम्म आफना क्षेत्रलाई कायापल्ट गर्ने सोच राखेको बताउँछन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button