धनुषाको शहिदनगर नगरपालिकामा पस्यो अख्तियारको टोली ।


जनकपुरधाम । मधेश प्रदेशस्थित धनुषा जिल्लाको शहिदनगर नगरपालिकामा अख्तियारको टोली पसेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले आईतबार शहिदनगर नगरपालिकाको फाईलहरु पल्टाएका छन् ।

आईतबार दिउँसै कार्यालय पुगेका अख्तियारको टोलीले प्रदेश सरकारबाट प्राप्त योजना र अनुदानहरुमा व्यापाक भ्रष्टाचार भएको उजुरीलाई आधार बनाउँदै फाईलहरु चेकजाँक गर्न कार्यालय पुगेको जनाइएको छ । सशर्त अनुदानबाट शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहाको पक्की सडक निर्माण, वडा नं. ७ को नेमुवाटोलको कोरारी पोखरीदेखि सिटहु मण्डलको घरसम्म सडक ढलान , सोही ठाउँमा जलिल मियाँको घरदेखि विश्वकर्मा चौक र रमेश मण्डलको घरदेखि धोबियाही सडकसम्म सडक स्तरोन्नतीको योजनाहरुमा कामै नगरी भुक्तानी गरिएको उजुरीको आधारमा अख्तियारको टोली शहिदनगर पुगेको थियो ।

आईतबार दिउँसो ती तीन योजना सहित मधेश प्रदेश सरकारबाटै दिइएको एसएनआर जनता माबिको कक्षाकोठा निर्माणको लागि आएको बजेटमा भ्रष्टाचार भएको उजुरीपछि अख्तियारको टोलीले फाईलको तस्विर खिचेर लगेको जनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रमुख गोपाल अधिकारीका अनुसार, शहिदनगरमा आईतबार आवश्यक फाईलहरुको तस्विर खिचेर ल्याएको तथा सोही अनुसार अनुसन्धान प्रक्रिया अगाडी बढाएको बताए ।

कुराकानीमा प्रमुख अधिकारीले शहिदनगरमा अख्तियारको टोली आईतबार पुगेर फाईल चेकजाँज गरेको पुष्टि गरे ।

धनुषा जिल्लाको मात्र नभई मधेश प्रदेशको ८ वटै जिल्लामा प्रदेश सरकारबाट भएको वा भइरहेको कार्यहरुमा चरम भ्रष्टाचार हुँदै आएको छ । कामै नगरी भुक्तानी लिने कार्य प्रायः प्रदेश सरकारको बजेटमा हुने गरेको देखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button